जनकपुरधाम : प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले प्रदेश सरकार कबीरको वाणीलाई समाजमा पु¥याउन सहयोग गर्ने बताएका छन् । सन्त कबीरको सन्देश समाजमा पुग्न नसकेकाले कबीर सदविचारलाई समाजमा जोडन हरसम्भव पहल गर्ने बताए ।
जनकपुरमा कबीर बाल अश्रमले बुधबार कबीर जयन्तीको पुर्वसन्ध्यामा आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रममा मन्त्री साहले जेष्ठ पुर्णिमाको दिन मनाइने कबीर जयन्तीको शुभकाना दिंदै कबीर बिचार समाज लागु भए समाजको भेदभाव र छुवाछुत समेत अन्त हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कबीर पथका साधु सन्तहरु कबीर जयन्तीको अवसरमा सार्वजनिक विदाको माग गरेका थिए । जेष्ठ पुर्णिमाका दिन मनाइने कबीर जयन्तीको अवसरमा सार्वजनिक बिदा दिनु पर्ने कबिरपन्थीहरुले माग गरे । कबीर पन्थीको महत्वपुर्ण दिन जेष्ठ पुर्णिमाका दिन सार्वजनिक बिदा र मग्ही भाषालाई प्रदेश सरकारले प्राथमिकतामा राख्नुपर्ने माग गरे ।
प्रदेश सरकारलाई पटक पटक ध्यानाकर्षण गराउदा प्रदेशको क्यालेण्डरमा जेष्ठ पुर्णिमाका दिन कबिरको तस्बीर राखिएपनि विदा नदिएकोप्रति आपति जनाउदै माग पुरा नभए शान्तिपुर्ण आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल र भारतमा लाखौको संख्यामा कबीरपन्थीहरु रहेकोले प्रदेश २ मा कबीरपन्थीको जनसंख्या संकलन गर्न समेत वक्ताहरुले प्रदेश सरकारसंग माग गरेका थिए ।
जनगनणाको क्रममा कबीरपन्थीमाथि अन्याय गर्दै धर्ममा जर्वजस्ती हिन्दु र भाषामा मग्ही नलेखेर मैथिली लेखेकोले अब हुने जनगनणमा प्रदेश सरकारले जनचेतना बढाउनु पर्ने कबीर पथमा लागेका साधुहरुले माग गरे ।
जातीय भेदभाव मुक्त समाजका पथ प्रदर्शक कबीर पथ धर्मले मात्रै समाजको कल्याण सम्भव रहेको वक्ताहरुले बताएका थिए । कार्यक्रममा कबीर बाल आश्रमका बालीकाहरुले सहभागिलाई कबीर स्वागत गितबाट स्वागत गरेका थिए ।