रौतहट : नगरसभा रोक्न खोज्दा भएको झडपमा दर्जनौं घाईते


टुडेखोज, जनकपुरधाम : रौतहटको मौलापुर नगरपालिकाको भइरहेको पाँचौ नगरसभा रोक्न खोज्दा भएको झडपमा दर्जनौं व्यक्ति घाईते भएका छन् । घाईतमध्ये एकजनाको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि वीरगञ्ज लग्दैछ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह र जसपा कार्यकर्ताले नगरसभा विथोल्न खोज्दा झडप भएको हो । नगरसभाको प्रमुख अतिथि थिए पूर्वमन्त्री एवं एमाले नेता प्रभु साह । नेता साह पक्षका कार्यकर्ता र विपक्षी गठबन्धनका कार्यकर्ताबीझ झडप भएपछि प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको छ ।

अहिले मौलापुर बजार तनावग्रस्त बनेको छ । गाउँ–गाउँबाट विपक्षी गठबन्धनका कार्यकर्ता नगरसभा विथोल्न मौलापुर बजार पुगेका छन् । अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । हरहिसाव सार्वजनिक गर्न ज्ञापन पत्र बुझाएको र अटेर गरी नगरसभा गरेको विपक्षी नेताहरुको आरोप छ ।

प्रकाशित : २०७८ असार १०, बिहीबार १४:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ