जनकपुरधाम : आन्तरिक राजस्व कार्यालय धनुषाका कर अधिकृतविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ ।
कर अधिकृत रमेश ढकालविरुद्ध विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाए । ढकालले सेवाग्राहीसँग अन्तःशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिनेक्रममै पक्राउ परेका थिए ।
आयोगका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार सेवाग्राहीसँग घुस लिई सकेको अवस्थामा उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान क्रममा ढकालले सेवाग्राहीसँग अन्तःशुल्क समायोजन गर्ने काम सहज गरिदिने बहानामा घुस लिएको बयान दिएको दावी गरिएको छ ।