काठमाडौं : कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले थप तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । शुक्रवार सामान्य प्रशासन तथा सामान्य प्रशासन मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ट नागरिक मन्त्रालयको कार्यभार सम्हालेका हुन् ।
कार्यभार सम्हाल्ने क्रममा मन्त्री श्रेष्ठले बर्तमान परिस्थितिमा उच्च मनोबलका साथ परिणाम मुखि काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । कर्मचारीहरुले राष्ट्रका लागि गर्ने साकारात्मक र कानून बमोजिमको कार्यमा मन्त्रीबाट कुनै हस्तक्षेप नहुने बताउँनुहुँदै मन्त्रालयबाट हुने कार्यसम्पादनलाई व्यवहारिक रुपले नतिजामुखि बनाउनुपर्नेमा जोड दिए ।
बाध्यात्मक परिस्थितिको सृजनाले पछिल्लो समयमा कर्मचारीको पदपूर्ति रोकिदा कर्मचारी अभाव हुनु दुस्खद भएपनि लोक सेवा आयोगमा पदाधिकारी नियुक्ति भइसकेकोले पदपूर्ति प्रकृया अगाडि बढ्नेमा विश्वास व्यक्त गरेका छन् । हेर्नुस् फोटोहरु :




