जनकपुरधाम : जनकपुरसहित प्रदेश २ का अधिकांश जिल्लामा वर्षा जारी छ । करिब १० बजेदेखि जनकपुरमा भारी वर्षा भइरहेको छ ।
वर्षाले जनकपुरका सडकहरुमा पानी जमिसकेको छ । वर्षा जारी रहंदा जनजीवन प्रभावित बनेको छ । बजारमा चहलपहल छैन । कतिपय सडकमा पानी जमेपछि आवत जावतमा समस्या भइरहेको छ ।
आज प्रदेश २ का अधिकांश जिल्लाको नदीमा बाढी आउन सक्ने बताइएको छ । नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह मोसम विभागले गरेको छ ।

