रौतहट : पानी निकासको विषयलाई लिएर मौलापुर नगरपालिकामा दुई पक्षबीच भएको झडपमा १५ जना बढी घाईते भएका छन् ।
वडा नम्वर १ मर्यादपुरस्थित मोहाली साहको आँगनमा परेको आकाशे पानीको निकास हृदय नारायण यादवको खेतमा जम्मा भएको विषयमा झडप भएको प्रहरीले जनाएको छ । झडपमा साह पक्षका ८ जना र यादव पक्षको ७ जना घाइते भएका छन् ।
घाईतेहरुलाई विभिन्न अस्पताल लगिएको छ । रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।