काठमाडौं : नेपालमा विभिन्न स्थानमा भइरहेको वर्षाका कारण पहिरो तथा बाढीको जोखिम कायमै छ । नदीहरूमा आकस्मिक बहाब हुन सक्ने बाढी पूर्वानुमान महाखाशाले जनाएको छ ।
आज कन्काई, कोशी, कमला जलाधारका केही स-साना सहायक नदीमा वर्षाका कारण बहाब बढ्ने भएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।
मनसुनी वायुकै प्रभावले आज दिउँसो देशभरका तीन प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
सोमबार र मंगलबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।