टुडेखोज, जनकपुरधाम : कोभिड विशेष अस्पतालमा भ्रष्टाचार भएको भन्दै खर्च सार्वजनिक गर्नुपर्ने माग राख्दै युवाहरुले ज्ञापन–पत्र बुझाउन खोज्दा मुख्यमन्त्री लालबाबु राउतले अस्वीकार गरेका छन् ।
समय लिएर युवाहरु मधेस भवन पुगेपनि मुख्यमन्त्री राउत ज्ञापनपत्र बुझ्न मानेनन । भ्रष्टाचार ढाकछोप गर्न ज्ञापनपत्र बुझ्न नचाहेको भन्दै यूवाहरुले मधेस भवनभित्रै मुख्यमन्त्री राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहविरुद्ध नाराबाजी गरेका छन् ।
नेकपा एमालेका यूवा संगठनका केन्द्रीय सदस्य मुन्जय राउत नेतृत्वमा यूवाहरु ज्ञापनपत्र बुझाउन पुगेका थिए । उनीहरु यसअघि पनि मुख्यमन्त्री राउतविरुद्ध नाराबाजी गरेका छन् । कोभिड अस्पतालको नाममा ९ करोड खर्च देखाएको र त्यसमध्ये धेरै रकम भ्रष्टाचार गरेको उनीहरुको आरोप छ ।
कोभिड अस्पताल सञ्चालनमा भएको खर्च विवरण र कर्मचारी भर्ना प्रक्रिया सार्वजनिक नगरेसम्म निरन्तर आन्दोलन गरिरहने युवाहरुले चेतावनी दिएका छन् ।