काठमाडौं : स्नातक तहको परीक्षा साउन ९ गतेबाट सञ्चालन हुने भएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्नातक तहको प्रवेश परीक्षा साउन ९ गतेदेखि सञ्चालन गर्न अनुमति दिएको हो ।
स्वास्थ्य मापदण्ड पालना गर्दै प्रवेश परीक्षा संचालनको लागि उपत्यका बाहिर र भित्रका केन्द्रमा गर्ने गरी राय दिएको बताइएको छ । चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेलले प्रवेश परीक्षासम्बन्धी थप निर्णय भने आज बैठक बसेर सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन् ।
कोरोना संक्रमणका कारण प्रवेश परीक्षा सञ्चालन हुन नसक्दा २५ हजारभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् ।