नेपालमा कोरोनाः सोमवार पनि २३ जनाको मृत्यू, २६ सय संक्रमित थपिए


काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट सोमवार २३ जनाको मृत्यू भएको छ । योसँगै कोरोनाबाट मृत्यू हुनेको संख्या ९ हजार २४८ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अवधिमा २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख ४६ हजार ३६७ पुगेको छ ।

त्यस्तै आज २ हजार २११ संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ६ लाख ११ हजार ४२९ पुगेको छ ।

प्रकाशित : २०७८ असार २१, सोमबार १७:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ