संसदमा महन्थ ठाकुरले भने- हामीलाई पनि बन्दुक चलाउन आउँछ


काठमाडौं : आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेपछि संसदमा सम्बोधन गर्दै जसपा अध्यक्ष महन्थ ठाकुरले आफूहरुलाई पनि गोली चलाउन आउने बताएका छन् ।

‘प्रहरीले बन्दुक चलाउन जानेको छ, उसले यसका लागि तालिम लिएको छ,’ ठाकुरले भने, ‘गोली त हामीलाई पनि चलाउन आउँछ । हामीले पनि सिकेका छौँ ।’ ठाकुरले आफ्नो सम्बोधनमा रेशम चौधरीको प्रसंग पनि निकालेका थिए । उनले आफ्ना एक सांसद अहिले पनि जेलमा रहेको प्रसंग निकालेका छन् ।

उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना केही मुद्दाहरुलाई निकालेर ठिक गरेको पनि बताएका छन् । ‘उहाँले हाम्रा माग र मुद्दा केही भए पनि सम्बोधन गर्नु भएको छ,’ ठाकुरले भने, ‘उहाँलाई धन्यवाद छ ।’ – फरकधार

प्रकाशित : २०७८ श्रावण ३, आईतवार २१:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ