जनकपुरधाम । पूर्व युवराज्ञी हिमानी शाह वीरगन्जको घडिअर्वा छठ घाट पुगेकी छन् । प्रसिद्ध घडियर्वा छठघाट पुगेकी उनी सूर्य देवतालाई ढोगिन् ।
काठमाडौंबाट जहाजमा सिमरा उत्रिएर उनी वीरगन्ज पुगेकी छन् । उनले जनकपुरधामदेखि वीरगन्जसम्म हेलिकप्टरबाट पुष्पवृष्टि समेत गराएकी छन् ।
हिमानीलाई हिन्दुवादीहरुले स्वागत गरेका थिए । उनी आज वीरगन्जमै बस्ने र भोली बिहान प्रसिद्ध माइस्थान मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।