रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीका कारण संविधान संशोधन गर्ने आफ्नो प्रयास सफल नभएको बताएका छन् ।
शनिबार रौतहटको कटहरियामा अयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको संविधान अपूर्ण रहेको उल्लेख गरे । प्रचण्डले संविधान संशोधनका लागि आफूले दुई पटक प्रयास गरेको भएपनि त्यो असफल पारिएको बताए ।
अहिलेको संविधान मधेशी जनताका लागि अझैं पूर्ण नभएको उल्लेख गर्दैं उनले भने, ‘दुई पटक संविधान संशोधनको प्रयास गरेँ तर सफल हुन दिइएन । त्यो केपी अोली भन्ने खलनायकका कारण त्यो सफल हुन सकेन।’
माओवादीले संघीयता छोड्यो भनेर हल्ला गरिए पनि अहिले आएर सबै स्थिति प्रष्ट भएको माओवादी अध्यक्ष प्रचण्डले बताए । उनले भने, ‘अब स्थिति छ्याङ्ग भएको छ । दुधको दुध, पानीको पानी भएको छ ।’
उनले महन्थ ठाकुर र राजेन्द्र महत्तो केपी ओलीको टाङमुनि छेरेको आरोप लगाउँदै उनीहरु मधेसी जनताको पक्षमा नभएको समेत अरोप लगाए । ‘जब मठन्थ ठाकुर र राजेन्द्र महत्तो केपी ओलीको टाङमुनि छिरे, को रहेछ जनताको मित्र छ्याङ्ग भयो,’ उनले भने ।
अब प्रदेश नम्बर २ मा माओवादीलाई पहिलो शक्ति बनाउनुपर्ने बताए । प्रचण्ड आमसभामा प्रभु साह लक्षित गर्दै बोराबा एकाध कुहिएको आलु फलिएकाले अरु सबै बचेको टिप्प्णी गरेका छन् । सम्बोधन क्रममा उनले भने, ‘बोराबाट एकाध कुहिइएको आलु फ्याँकिदैमा सबै आलु कुहिँइएका भन्ने हुँदैनन् । कुहिएको आलु फालेपछि अरु सबै आलु बचेको छ ।’
माओवादीमा रहँदा यही क्षेत्रबाट निर्वाचित भएका प्रभु साह हाल नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रचण्डले उनलाई भागौडाको संज्ञा दिएका हुन् ।