जनकपुरधाम । नेकपा एकिकृत समाजवादी पार्टीले जनकपुरमा जिल्ला कमिटीको कार्यालय खोल्दैछ । कार्यालयको उद्घाटन आज अध्यक्ष माधव कुमार नेपालले गर्नेछन् ।
उद्घाटन समारोहमा पार्टीका केन्द्रीय उपाध्यक्ष धर्मनाथ साह, प्रदेश अध्यक्ष रामचन्द्र यादव, हिजो मात्र प्रवेश गरेका पूर्वमन्त्री रामचन्द्र झा लगायतको उपस्थिति रहने बताइएको छ ।