जनकपुरधाम । प्रदेश २ को वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजले पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) अन्तरगतको पिसिएल नर्सिङ पढाउन पाउने छैन ।
चिकित्सा शिक्षा आयोगले नेशनल मेडिकल कलेजमा पनि पिसिएल भर्ना रोक्ने निर्णय गरेको हो । आयोगले सोमबार १५ वटा कलेजमा पिसिएल नर्सिङ भर्ना रोक्ने निर्णय गरिएको सार्वजनिक गरेको थियो । उक्त सूचीमा ओम हेल्थको नाम छुटेको भन्दै आयोगले पुन: मंगलबार ओमको नाममा छुट्टै सूचना निकालेको हो ।
आयोगले चिकित्सा शिक्षा ऐन विपरित सिटिइभिटीले विश्वविद्यालय, प्रतिष्ठानहरु र उनीहरुका आंगिक र सम्बन्धन प्राप्त १६ कलेजमा नर्सिङ भर्ना खुलाएको भन्दै उक्त कार्य रोक्ने निर्णय गरेको छ । आयोगले विश्वविद्यालय तथा प्रतिष्ठान र सिटिइिभटीलाई समेत उक्त कार्य रोक्न भनिसकेको छ ।
आयोगले यी कलेजहरुको सिट संख्या निर्धारण सम्बन्धमा कुनै पनि निर्णय नभएको तर सिटिइभिटीबाट सिट निर्धारण गरी भर्ना खुलाउने निर्णय आयोगको ऐन र आयोगको निर्णय विपरित भएको भन्दै विद्यार्थी भर्ना सम्बन्धी सूचना रद्द गर्न सिटिइभिटीलाई भनेको छ ।
यी हुन् भर्नामा रोक लगाउने निर्णय भएका कलेज
ओम हेल्थ क्याम्पस, काठमाडौं
नोबल मेडिकल कलेज, विराटनगर
नेसनल मेडिकल कलेज, वीरगञ्ज
कलेज अफ मेडिकल साइन्सेज, चितवन
एनपिआइ नारायणी सामुदायिक अस्पताल, चितवन
काठमाडौं मोडल अस्पताल स्कुल अफ नर्सिङ, काठमाडौं
नागरिक कलेज अफ हेल्थ साइन्स, काठमाडौं
नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, काठमाडौं
मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, काठमाडौं
नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, काठमाडौं
अल्का अस्पताल, ललितपुर
बिएन्डबी मेडिकल इन्स्टिच्युट, ललितपुर
मणिपाल कलेज अफ मेडिकल साइन्सेज, पोखरा
नेपालगञ्ज नर्सिङ क्याम्पस, बाँके
लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल, पाल्पा
देवदह मेडिकल कलेज एन्ड रिसर्च इन्स्टिच्युट, रुपन्देही