महोत्तरी कांग्रेस अधिवेशन : जवर्जस्ती हस्ताक्षर गराएको प्रमाणपत्र रद्द गरियो


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महोत्तरी क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनमा वितरण गरिएका सम्पूर्ण प्रमाणपत्रहरू रद्द गरिएको छ।

क्षेत्रीय कार्यसमितिका साथै महाधिवेशन प्रतिनिधिहरूलाई अवैधानिक तरिकाले प्रमाणपत्र वितरण गरिएको भन्दै केन्द्रीय निर्वाचन समितिले वितरण भएका प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको हो।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले यसअघि वितरण गरिएको सबै प्रमाणपत्रहरूलाई रद्द गरी क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको निर्वाचन तत्काल गर्न निर्देशन दिइएको जानकारी दिए।

जिल्ला निर्वाचन अधिकृत इन्द्रबहादुर अधिकारीले समितिमा प्रस्तुत गरेको प्रतिवेदनलाई मध्यनजर गरी महोत्तरी क्षेत्र नम्बर ३ को क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यलाई वितरण गरिएको प्रमाणपत्र रद्द गरिएको उनले बताए ।

प्रकाशित : २०७८ मंसिर १९, आईतवार १४:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ