काठमाडौ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई जसरी पनि जिताइदिन महाधिवेशन प्रतिनिधिसंग बिन्ती गरेका छन् ।
आधिबासी जनजाती समुदायको प्रतिनिधि गर्ने आज आयोजीत एक कार्यक्रममा बोल्दै सभापति देउवाले महाधिवेशन प्रतिनिधिसँग यस्तो बिन्ती गरे । आधिबासी जनजाती विभागले कांग्रेसको १४ औं महाधिवशेन प्रतिनिधित्व गर्न अधिबासी जनजाती समुदायका प्रतिनिधिको छलफल आयोजनना गरेको थियो ।
छलफलमा बोल्दै सभापति देउवाले आफूले सभापति हारेमा धेरै प्रश्न उठ्ने बताए । ‘मैले हारेँ भने मलाई प्रधानमन्त्री बाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ । मलाई जिताइदिनु होला’, सभापति देउवाले भने ।
उनले थपे, ‘पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन् । त्यही भएर मलाई सरकारबाट हटाउन सक्छन् । मलाई जिताइदिनु होला ।’