काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका दुई उम्मेदवार सर्वसम्मत भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध भएका हुन् ।
उनीहरु प्रदेश दुईबाट केन्द्रीय सदस्यमा निर्विरोध भएका हुन् । उक्त क्लस्टरमा तीन जनाको उम्मेदवारी परेकामा जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल निर्विरोध भएको बताइएको छ ।