काठमाडौं । उदयपुरको चुनढुंगाबाट उत्पादित शौर्य सिमेन्टले ५३ ग्रेडको मान्यता पाएको छ । नेपाली बजारमा छोटो समयमै यो उपलब्धि हात पार्न सफल भएको शौर्य सिमेन्टले जनाएको छ ।
शौर्य सिमेन्टले पुस मसान्तसम्म आफ्नो सबै ग्राहकहरुलाई ४३ ग्रेडको मूल्यमा ५३ ग्रेडको सिमेन्ट उपलब्ध गराउने भएको छ । सिराहाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्ट ओपीसी, पीएससी सिमेन्टहरु उत्पादन गर्दछ ।
आगामी दिनमा पीपीसी र लो अल्काली सिमेन्टको उत्पादन प्रक्रियामा रहेको उद्योगले नेपालमै पहिलो पल्ट लो अल्काली सिमेन्टको उत्पादन गर्ने पहिलो सिमेन्ट उद्योग रहेको विज्ञप्तिमा उल्लेख छ ।
लो अल्कली सिमेन्ट उत्त्पादन गर्ने शौर्य सिमेन्ट नेपालमा नै पहिलो रहेको कम्पनीको दावी छ । यसले दैनिक ७० हजार बोरासहित ३ हजार ५०० मेट्रिकटन उत्त्पादनको क्षमता राख्दछ ।