माध्यमिक तहको १५४४ शिक्षकका लागि विज्ञापन आह्वान, हेर्नुस् डिटेल


टुडेखोज, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५ सय ४४ जना शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ ।

आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा फारम भर्न सकिनेछ । यस्तै माघ ६ गतेसम्म बिलम्ब शुल्कमा पनि परीक्षा आवेदन फाराम भर्नेगरी आयोगले मंगलबार सूचना प्रकाशित गरेको छ ।

नयाँ विज्ञापन अनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुने विज्ञापनमा उल्लेख छ । परीक्षा आवेदन फाराम अनलाइनबाट समेत भर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

प्रकाशित : 15 December 2021 7:42 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !