जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ सभापतिका लागि रामसरोज यादव र कृष्णा यादवले आज उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका रामसरोज आफूलाई स्वतन्त्र उम्मेदवार भनेका हुन् । तर उनी बिमलेन्द्र निधी र शेखर कोइराला समूहको समर्थन छ ।
कृष्णा यादव भने सभापति शेरबहादुर देउवाको समूहबाट उम्मेदवार बनेका छन् । उनी रौतहटका हुन् । उनलाई जिताउन गृहमन्त्री बालकृष्ण खांड हिजैदेखि जनकपुरमा सक्रिय छन् ।
मनोनयन दर्ताका लागि प्रदेश निर्वाचन समितिले सभापति पद्को उम्मेदवारलाई १५ हजार, उपसभापति, महामन्त्री, सहमहामन्त्री लागि १० हजार र सदस्य पदका लागि ५ हजार उमेदवारी दर्ता शुल्क तोकेको छ ।