काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि भएको मतदानमा अहिले मत परिणाम आउने क्रम जारी छ । अहिले जितहारसँगै कसले बढी मत प्राप्त ग¥यो भन्ने पार्टीभित्र चासोको विषय बनेको छ ।
कांग्रेस पदाधिकारीमा सबैभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति हुन् गगन थापा । उनले ३०२३ मत प्राप्त गरे । गगनलाई पछि पार्दै सर्वाधिक मतका साथ डा। शशांक कोइराला केन्द्रीय सदस्य विजयी भए । उनले ३८३६ मत प्राप्त गरे । शशांकलाई कांग्रेस सभापतिका चारैजना उमेदवारले आफ्नो प्यानलमा राखेका थिए ।
निर्वतमान महामन्त्री समेत रहेका शशांक पार्टी सभापति उठ्ने चर्चाका थियो । तर,अन्तिम समयमा उनले सभापति पद त्याग गरे र सबै टिममा परेर मत तान्न सफल भए । नतिजाहरु आउने क्रम जारी रहँदा पनि एकबाट अर्कोमा सरिरहेको छ । शशांकलाई पछि पार्दै पछिल्लो समय मुक्ता कुमारी यादव म्यान अफ दि इलेक्सन बनेकी छिन् ।
मंगलबार सम्पन्न भएको मतणना अनुसार यादवले ३९६० मत प्राप्त गरिन् । यादव मधेशी महिला कोटाबाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएकी हुन् । यादव यसअघि १२औं र १३औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य पदमा निर्वाचन लडेकी थिइन् ।
तर १४औं महाधिवेशनबाट मात्र उनलाई सफलता हासिल भएको हो । यादव धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्छिन् । उनी २०७० सालको संविधानसभामा पार्टीबाट समानुपातिक सांसद रहेकी थिइन । यस्तै २०७४ सालमा भएको राष्ट्रिय सभा निर्वाचनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् ।