जयनाथ यादव, लहान । औरही गाउँपालिकाले वितरणमा ढिलाई गरेपछि केहिदिन अगाडी किसानले गहुँको बीऊ कब्जा गरेका थिए । त्यसपछि गाउँपालिकाले चार किसानमाथि मुद्दा दर्ता गराएका छन् ।
प्रहरीले औरही गाउँपालिका ३ का किसान मिथिलेश यादवलाई पक्राउ गरेपछि जनमत पार्टी आन्दोलन समिति बनाएर आन्दोलनको घोषणा गरेको छ । समितिका पवन यादवले जारी गरेको विज्ञप्तीमा शनिवार जिल्लाका विभिन्न स्थानमा मशाल जुलुस गर्ने र आईतवार सिरहा जिल्ला आमहड्ताल गर्ने उल्लेख छ ।
गहुँ छर्ने समय वित्न लाग्दा पनि गाउँपालिकाले किसानलाई वितरण गरेको थिएन् । तर आफ्ना मान्छेलाई रातिको समयमा गहुँको बीउ उपलब्ध गराउने गरेको थियो भन्ने आरोप जनमत पार्टीले लगाएको छ ।
गाउँपालिका अध्यक्ष सिदार्थ यादवले किसानहरुलाई राजीतिक प्रतिशोध लिन फसाउन चाहेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको जनमत पार्टीका नेता रोषण यादवलेले बताए । उनले माग पुरा नभए सोमबारबाट अझ सशक्त आन्दोलनको घोषणा हुने चेतावनी समेत दिए ।
जनमत पार्टीले राखेको मागहरु :
१) गिरफतार गरिएका किसानलाई विनासर्त रिहा गर ।
२) किसान उपर लगाईएका झुठा मुद्दा फिर्ता गर ।
३) सरकारले सिचाईको व्यवस्था गर्नुपर्ने वा सिचाईको लागि विद्युत निशुल्क गर्नुपर्ने ।
४) किसानका लागि समयमा मल विउ र खादको व्यवस्था गर ।
५) हावा हुरी र बर्षाका कारण क्षति भएका वालीनाली वापत किसानको लागी राहत सिघ्र उपलब्ध गराऊ ।
६) किसानहरुको बालीनालीको उचित बजार मुल्य कायम गर ।
७) स्थानीय निकायमा भएको चरम भ्रष्टाचारको छानवीन गरी दोषीलाई जेल चलान गर ।