नयाँदिल्ली । पूर्वी भारतको बिहार राज्यमा खाद्यान्न प्रशोधन गर्ने कारखाना भित्रको बोयलर विष्फो’ट हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।
बिहारको राजधानी पटनाबाट ७१ किलोमिटर उत्तरमा रहेको मुजफ्फरपुर जिल्लामा रहेको चाउचाउ बनाउने कारखानाभित्र बोयलर विष्फो’ट भएको थियो । विष्फो’टपछि स्थानीय त्रसित बनेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
उद्धार प्रयासहरू भइरहेका छन् र भग्नावशेषमा हराइरहेकाको खोजी तिँर बनाइएको मुजफ्फरपुरका जिल्ला मजिस्ट्रेट प्रवण कुमारले बताएका छन् । उनका अनुसार विष्फो’ट घटनाको अनुसन्धान भइरहेको छ ।