जयनाथ यादव, लहान । जनमत पार्टीको चक्काजाम र प्रशासनको निषेधाज्ञाले सिरहाको जनजीवन प्रभावित बनेको छ ।
चक्काजाम आन्दोलन असफल पार्न प्रशासनले निषेधाज्ञा जारी गरेको भएपनि सिरहा जिल्लाभर जनजीवन प्रभावित बनेको हो । निषेधाज्ञामा पूर्वपश्चिम राजमार्ग र सिरहा- चोहर्वा सडक खण्डमा ५ सय मिटर आसपास हिड्डुल गर्न नहुने भनिएको छ । तर हिड्डुल गर्न नपाइने हो भने राजमार्गमा गाडी चढ्न कसरी जाने ? प्रश्न उब्जिएको छ ।
निषेधाज्ञा कार्यान्वयण गराउन प्रहरीले गोलबजारमा तरकारी बजार समेत लाग्न दिएका छैन । जसका कारण तरकारी व्यापारी समस्यामा परेका छन् । व्यापारीहरु तरकारी बेच्न गएपनि प्रहरीले ५ सय मिटरभित्र व्यापार गर्न नपाइने भन्दै फर्काएका छन् । कतिपय व्यापारीलाई प्रहरीले दुव्र्यवहार समेत गरेका हुन् ।
किसानमाथि मुर्दा दर्ता गराइएको र पक्राउ गरिएको विरोधमा जनमत पार्टी आन्दोलन गरिरहेको छ । तर आन्दोलनको प्रभाव पर्न नदिन प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण अझ समस्या नै सृजना गरिएको छ । प्रशासनले राजमार्ग र अन्य सडक खुलाउदा आन्दोलनको प्रभाव झन बढी देखिएको छ ।