सुनसरी । सुनसरीको दुहवी नगरपालिका ३ बाट कटुवा पेस्तो’लसहित इटहरीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका १२ खनारका ३४ बर्षीय काउ भनिने शुसिल साहह छन् ।
साहले कटुवा लिई हिडिरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले राती साँढे १० बजे उनलाईपक्राउ गरेको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।