टुडेखोज, वीरगञ्ज । हात खुट्टा बाँधेर ८ वर्षिय बच्चालाई बेपत्ता पार्न खोज्ने एक युवकलाई सर्वसधारणले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका २३ पिप्राका २३ वर्षीय अवधेश पटेल छन् । वीरगञ्ज १३ तेजारथ टोलमा साथीहरुसँग खेल्दै गरेका ८ वर्षीय बच्चालाई बेपत्ता पार्न खोजेकाले पटेल पक्राउ परेका हुन् ।
जितेन्द्र पटेलका ८ बर्षीय छोरा अभिराज पटेललाई गलबन्दीले हात खुट्टा बाँधी लिएर जादै गर्दा अन्य बच्चाहरुले हल्ला गरेपछी स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बुझिएको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिनेश गौतमले पटेललाई हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको बताए । उनले कुन उदेश्यले बच्चालाई पार्न खोजेका थिए भन्ने विषयमा अहिले केहि खुल्न सकेका छैन ।