कैलाली । सीमानाका गौरीफन्टाबाट बेच्न भारततर्फ लैजाँदै गरेकी एक युवतीको उद्धार गरिएको छ । लम्कीचुहा नगरपालिका १ की १९ वर्षीया युवतीको सशस्त्र प्रहरीले उद्धार गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर कञ्चनपुरबाट गौरीफन्टा नाकामा रहेको सुरक्षा पोस्टले भारततर्फ लैजाँदै गरेको अवस्थामा ति युवतीलाई उद्धार गरियो । ती युवतीलाई ललाइफकाइ भारत लगिरहेको दुई जना दलाललाई समेत पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको राजस्थानका २१ वर्षीय अरुण कुमार र हरियाणाका १८ वर्षीय चिराग दुग्गल रहेका छन् । उनी दुबै जनामाथि आवश्यक कारवाहीका लागि शान्ति पुनःस्थापना गृहको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।