काठमाडौं । सरकारले हिमालमा हिमपात र तराईंमा शीतलहर प्रभावितलाई राहत दिने भएको छ ।
बुधबार बसेको मन्त्रिषिदको बैठकले हिमपात प्रभावित र शीतलहर प्रभावितलाई राहत दिने निर्णय गरेको भूमी, व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठले जानकारी दिइन् ।
त्यस्तै सरकारले भोलि तमु ल्होसरको अवसरमा भोली बिहिबार सार्वजनिक विदा दिने निर्णय समेत गरेको मन्त्री श्रेष्ठले बताएकी छन् ।