भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उत्तर प्रदेशको सुल्तानपुरमा कालो झण्डा देखाएकी एक महिलामाथि गो’ली प्रहार गरेको छ ।प्रधानमन्त्री मोदीलाई कालो भण्डा देखाउने रीता यादवमाथि गो’ली प्रहार भएको हो ।
खुट्टामा गोली लागेर घाइते भएकी यादवको सुल्तानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ । गो’ली प्रहार गर्नेहरुको पहिचान भएको छैन् । प्रहरीले खोजी भइरहेको जनाएको छ ।
घाइते रीता यादवले आफू पोस्टर ब्यानर बनाउन सुल्तानपुर गएको र घर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको बताएकी खबरमा उल्लेख छ । उनले भनेकी छिन्, ‘मेरो गाडीका चालकको कन्चटमा पे’स्तो’ल राखे, मैले जब उनीहरुलाई चड्कन हानेँ । उनीहरुले मलाई गो’ली हाने । गोली मेरो खुट्टामा लाग्यो । त्यतिबेलासम्म उनीहरु भागिसकेका थिए ।’
नोभेम्बर १६ तारिखमा उनले प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी थिइन् । कालो झण्डा देखाएकै कारण पक्राउ परकी यादव दुई दिनपछि रिहा भएकी थिइन् । यो घटनाको एक महिनापछि गएको डिसेम्बर १७ तारिखमा उनी कांग्रेस पार्टीमा प्रवेश गरेकी थिइन् ।
तर, गो’ली प्रहार भएको यो घटना प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको घटनासँग सम्बन्धित रहेरनरहेको खुल्न बाँकी छ । ति महिलाले पनि कालोझण्डा देखाएकै कारण आफूमाथि हमला भएको कुरा बताएकी छैनन् ।