जनकपुरधाम । जनकपुरधाम उप-महानगरपालिकाका मेयर लाल किशोर साहले उपमहानगरमा कोरोनाबाट मृत्यु भएका १८ परिवारलाई २५ हजारका दरले सहयोग गरेका छन् ।
उपमहानगरमा आयोजित एक कार्यक्रमबीच मृतकका परिवारलाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । मृतक परिवारका इन्द्रासन देवी, संजयकुमार राय, प्रणयकुमार यादव, सीतादेवी ढकाल, सीता परियार, राम रतन कापर, परशुराम ठाकुर भूमिहार, गोविन्द मिश्र, राम बहादुर भुजेल, जानकी बल्लभ दास, योगेन्द्र महासेठ सुडी, बैजनाथ यादव, सुरेन्द्र प्रसाद साह र राजवती देवी सुडीका परिवारलाई २५ हजारको चेक हस्तान्तरण गरिएको छ ।
यस्तै सुरेन्द्र साह सोनार, सरेश महासेठ, हिरा देवी श्रेष्ठ र मोहन साहको परिवार अनुपस्थित भएका कारण उनीहरुलाई पछि सहयोग रकम उपलब्ध गराउने जनाइएको छ । मेयर साहले कोरोनाले मानविय क्षति पुर्याएकोमा दु:ख व्यक्ति गरेका छन् ।
सो कार्यक्रममा जनकपुरधाम उप-महानगरपालिकाका मेयर लाल किशोर साहले राहत स्वरुप प्रदान गरिएको राशिले भएको क्षतिको भर्पाइ गर्न नसक्ने बताएका थिए । उनले उप महानगरबाट हुन सक्ने न्यूनतम सहयोग मात्रै भएको बताए ।