काठमाडौं । कोरोना संक्रमणको आशंकापछि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आजदेखि आइसोलेसनमा बसेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएपछि देउवा आइसोलेसनमा बसेका हुन् । शुक्रवार बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा प्रचण्ड र देउवा सँगै थिए ।
देउवा दुई दिन आइसोलेसन बसेपछि कोरोना परीक्षण गर्ने बालुवाटार स्रोतले जनाएको छ । शनिवार बिहान देउवाले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए ।