भारी हिमपातका कारण कम्तीमा २१ जनाको मृत्य भएको छ । गाडीहरू फसेपछि उनीहरुको मृत्यू भएको हो । सेनाले हिउँमा फसेकाहरुको उद्धार जारी राखेका छन् ।
यो खबर पाकिस्तानको हो । गृहमन्त्री शेख रसिदले हिउँमा २१ जनाको मृत्यू भएको पुष्टि गरेका हुन् । उनका अनुसार कम्तीमा एक हजार गाडी हिउँमा फसेका छन् । रावलपिण्डी जिल्लामा पर्ने मुर्रे पाकिस्तानको राजधानी इस्लामाबादबाट उत्तरतर्फ पर्छ ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबारदेखि उक्त क्षेत्रमा हिमपात भएसँगै पर्यटक रोकिएका हुन् । त्यसयता हिउँ खेल्न कम्तीमा एक लाख निजी गाडी मुर्रे क्षेत्रमा पुगेका थिए । जसका कारण निकै लामो जाम परेको प्रहरीले जनाएको छ ।
२१ मध्ये ६ जनाको चिसोले गाडीभित्रै कठ्यांग्रिएर ज्यान गएको हो । अन्यको मृत्युका कारण थाहा हुन नसकेको प्रहरीले जनाएको छ । अधिकारीरूले मुर्रेलाई विपद् क्षेत्र घोषणा गर्दै मानिसहरूलाई अन्यत्रै रहन आग्रह गरेको छ ।
‘मानिसहरूले निकै भयावह स्थितिको सामना गरिरहेका छन्,’ त्यस क्षेत्रमा अड्केका एक पर्यटक उस्मान अब्बासीले समाचार संस्था एएफपीलाई भने, ‘पर्यटकमात्र होइन, स्थानीय पनि निकै समस्यामा छन् । ग्यास र पानी अभाव भएको छ ।’
गृहमन्त्री रसिदले एक भिडियो सन्देशमा करिब २० वर्षयता हिउँ खेल्न मुर्रे क्षेत्रमा निकै ठूलो संख्यामा मानिसहरू पुगेका कारण ठूलो संकट उत्पन्न भएको बताएका छन् । उनले ‘पर्यटकहरूको मृत्युप्रति दुःख व्यक्त गरेका हुन् ।