Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

मधेसी महिला स्वस्तिका : घुँघट त्यागेर बसमा कन्डक्टर

टुडे खोज लेखक टुडे खोज
फाल्गुन २४, २०७८, १०:५८ AM
0
मधेसी महिला स्वस्तिका : घुँघट त्यागेर बसमा कन्डक्टर
  • सुरेन्द्रकुमार कामती, सिरहा

विरगन्जबाट राजविराज पुग्ने ‘स्वस्तिका ट्राभल्स’ चढेँ । मेरो छेउमा बस्ने यात्रीलाई एकजना कुर्ता–सुरुवाल लगाएकी महिलाले सोधिन्, ‘कहाँ जानुहुन्छ ? टिकट लिनुभयो ?’ ती यात्रीले भने, ‘छैन ।’ महिलाले पुनः भनिन्, ‘त्यसो भए भाडा दिनुस् ।’ ती महिला देखेर मलाई अचम्म लाग्यो । किनकि, यतिका वर्षसम्म मधेसी महिला कन्डक्टर मैले कहिल्यै देखेको थिइनँ । बस राजविराजतिर हुइँकिइरह्यो । उनी यात्रुको टिकट चेक गर्दै, पैसा उठाउँदै अगाडि बढिन् ।

प्रदेश २ को समाजमा रूढिवादी विचार र विसंगतिहरू जबरजस्त छ । यो त्यही मधेस हो, जहाँ मोटरसाइकल र कोट दाइजोमा नदिएको निहुँमा पनि छोरीहरू मारिन्छन् । यो त्यही समाज हो, जहाँ महिला हिंसा र हत्याका घटना दिनहुँ हुने गर्छ । समाचारमा नसुनिएका महिला हिंसा झन् कति होलान् ।

पितृसत्ताले राज गरिरहेको यो ठाउँमा एउटी मधेसी महिला कसरी सार्वजनिक बसको कन्डक्टर बनिन् ? महिला ‘कमजोर’ हुन्छिन्, पुरुषले ‘सबथोक’ काम गर्ने हो भन्ने मनोविज्ञान भएको ठाउँमा एउटी महिला सहचालक कसरी भइन् ? युगौँको घुँघट हटाएर यो स्वतन्त्रताको उडान कसरी भरिन होला ? उनले टिकट चेक गरिरहँदा मेरो मनमा यिनै प्रश्नहरू खेलिरहे ।

‘स्वस्तिका ट्राभल्स’ सिरहाको चोहर्वा पुग्दा मैले ती साहसिक महिलाको केही तस्बिर लिएँ । बसबाट ओर्लिंदै सोचेँ, ‘उनका बारेमा लेख्नेछु ।’ राजविराजका पत्रकार मित्रहरूसँग सहयोग लिएँ, र पछि उनीसँग भेटेँ ।

०००
उनको नाम रहेछ, स्वस्तिका यादव (३२) । मानिसहरू उनलाई कल्पनाको नामले पनि बोलाउँदा रहेछन् । तीन दशक पार गरिसकेकी सप्तरी राजविराज नगरपालिका–७ बस्दै आएकी स्वस्तिकाका दिनहरू बसमै बित्छन् । उनको प्रत्येक दिनको यात्रा राजविराजबाट सुरु हुन्छ, अनि वीरगन्ज पुगेर टुंगिन्छ । बिहान साढे ४ बजे उनको बस छुट्ने समय हो ।

स्वस्तिकाको १४ वर्षकै उमेरमा बिहे भयो । परिवार राम्रो भए पनि चुनौती कम थिएन । मनीषा, अर्चना र अक्षत गरी तीन सन्तानकी आमा हुन्, उनी । मनीषा स्नातक, अर्चना १२ कक्षा र अक्षत ९ कक्षामा अध्ययनरत छन् । स्नातक तहमा अध्ययनरत मनीषा आफ्नी आमाले चुनौती मोलेको बताउँछिन् । ‘साथीहरूबीच कुरा चल्दा आमा बसको कन्डक्टर भएर हिँडेको साथीहरूले भन्दा थोरै लाज त लाग्छ,’ स्वस्तिकाकी छोरी मनीषा भन्छिन्, ‘तर, किताबमा महिला–पुरुष समान हो भनेर पढाइ हुन्छ । त्यसको उदाहरण आफ्नै आमा भइदिँदा गर्व पनि लाग्दो रै’छ ।’

‘अई लाइनमा दिक्कत छ, मगर हामी आफैँ नभए सपै पैसा कन्डक्टरले खाइदिन्छ । दुई–तीन हजार मात्रै दिन्छ,’ बसको साहु भएर पनि आफैँ सहचालक बन्नुको कारण बताउँछिन्, स्वस्तिका ।

स्वस्तिका प्रत्येक चोकमा बसबाट ओर्लिन्छिन्, कुदेर बुकिङ काउन्टरमा पुग्छिन्, अनि फेरि बसमा फर्किन्छिन् । बसमा चढ्नु, ओर्लनु, यात्रु चढाउनु, टिकट चेक गर्नु, सहचालक साथीलाई अह्राउनु उनको हरेक दिनको काम हो । यसैमा भ्याइनभ्याई छ, उनलाई । सुरु–सुरुमा निकै गाह्रो भए पनि बिस्तारै सजिलो हुँदै गएको उनको अनुभव छ । अहिले यो क्षेत्रमा आफू स्थापित पनि भइरहेको र सबैले सम्मानपूर्वक हेर्ने गरेको देख्दा दंग छिन्, स्वस्तिका । भन्छिन्, ‘मधेसी महिलाले के गर्न सक्दैनन् र ? आँट गरे जस्तो काम पनि गर्न सकिन्छ ।’

स्वस्तिकाको पुरानो घर सिरहा नगरपालिका–२ हो । आठ दाजुभाइ–दिदीबहिनीमध्येकी उनी माइली । १४ वर्षको उमेरमा मिर्चैया नगरपालिका–८ भगवतपुरमा विवाह भयो । विवाह भएको परिवार राम्रै जग्गाजमिन भएको थियो । २० वर्ष नपुग्दै उनी तीन सन्तानकी आमा बनिन् ।राजविराजको बसस्टेसननजिकै स्वस्तिकाको बुबाले पान पसल खोलेका थिए । स्वस्तिका पनि त्यहीँ बस्थिन् । त्यहीँ बस्दाबस्दै उनलाई घुम्टोभित्र बन्दी भएर बस्न मनै लागेन । घुँघटभित्रको संसार निकै साँघुरो लाग्न थाल्यो ।

८ वर्षअघि १२ लाखमा म्याजिक भ्यान किनेर राजविराजदेखि लहानसम्म चलाउन थालिन् । त्यति राम्रो फापेन । तर, निराश भइहालिनन् । त्यसपछि राजविराजदेखि वीरगन्ज चल्ने बस ना.४ख ६१२० नम्बरको बस २८ लाखमा किनिन् । भन्छिन्, ‘बैंकबाट ऋण लिएर बस किनेँ । तर, आम्दानी भएन ।’ बसले राम्रै कमाइ गरे पनि बीचमा हुने गडबडीका कारण आफ्नो हातसम्म पैसा नपुगेको ठहरमा पुगिन्, स्वस्तिका । ‘त्यसपछि म आफैँ बसमा कन्डक्टर बन्ने निर्णयमा पुगेँ,’ उनी भन्छिन्, ‘सुरु–सुरुमा निकै गाह्रो भयो । पछि सबैले माया गरेर दिदी भन्न थाले । काम पनि सिकेँ ।’ बसमा कमाइ राम्रो हुँँदै गयो । स्वस्तिका पनि काममा अभ्यस्त हुँदै गइन् । अहिले त उनले थप दुईवटा बस पनि किनेकी छन् । आफू एउटा बसमा काम गर्छिन्, अरू बसमा कर्मचारी खटाएकी छन् ।

स्वस्तिकाको पारिवारिक सम्बन्ध भने त्यति सुमधुर छैन । श्रीमान्सँग सम्बन्धविच्छेद नभए पनि उनी अहिले छोराछोरीसहित माइतमै बस्दै आएकी छन् । आफ्ना तीन सन्तानलाई हुर्काउने र पठनपाठन गराउने त छँदैछ, साथै आफ्ना भाइहरूलाई समेत स्वस्तिकाले सहयोग गर्दै आएकी छन् । उनको सफलतामा माइतीको पनि साथ छ । भन्छिन्, ‘तीनवटा बसमा एक करोडजति लगानी भएको छ ।

मासिक तीन लाख किस्ता तिर्नुपर्छ । दुःख भए पनि अहिले मलाई गाडी फापेको छ ।’मधेसी महिला भएर बस लाइनमा काम गरेको भन्दै समाजले स्वस्तिकाको कुरा काटे । तर, उनी समाजको कुरा सुनेर बसिनन् । ‘मैलै घुँघट त्यागेर अगाडि बढ्ने हिम्मत गरेँ,’ उनी भन्छिन्, ‘अरू महिलाले पनि आ–आफ्नो ठाउँबाट हिम्मत गर्नुपर्छ ।’

लकडाउनमा सार्वजनिक यातायात ठप्प भएपछि उनलाई गाह्रो भएको थियो । बिस्तारै परिस्थिति खुकुलो भएसँगै उनी खुसी छिन् । गाडी लाइनमा मात्रै होइन, उनी होटेल व्यवसायमा पनि संलग्न भएकी छन् । सप्तरीमै पूर्व–पश्चिम राजमार्गले छोएको ठाउँमा ‘शम्भुनाथ स्वस्तिका लाइन होटेल’ सञ्चालनमा ल्याउने काममा जुटेकी छन् । छोराछोरीलाई उच्च शिक्षा पढाउन विदेश पठाउने योजनामा छिन् ।

बस लाइनमा काम थाल्दा छिमेकी र आफन्तहरूले समेत अविश्वास गरेका थिए । तर, उनले सबैलाई छक्क पार्दै सफलता हात पारिरहेकी छन् । उनको आँट देखेर अहिले समाज छक्क परेको छ । उनका एक दाजुले भने, ‘स्वस्तिका सानैदेखि आँटी स्वाभावकी थिइन् । त्यही भएर उनले सफलता हात पारेकी हुन् ।’

आँटिली स्वस्तिका भन्छिन्, ‘महिलामाथि हुने हिंसा रोकिनुपर्छ । महिलाले पनि हिम्मत गरेर अगाडि बढ्नुपर्छ ।
– यो सामग्री एक वर्ष अगाडी नयाँ पत्रिका दैनिकमा प्रकाशित छ । प्रदेश २ अब मधेस प्रदेश भएको छ ।


सम्बन्धित समाचार

बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, अब १७ हजार ३ सय (सूचीसहित)

बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, अब १७ हजार ३ सय (सूचीसहित)

के छ समाजवादी मोर्चाको समझदारी पत्रमा ? (पूर्णपाठसहित)

के छ समाजवादी मोर्चाको समझदारी पत्रमा ? (पूर्णपाठसहित)

मधेश सरकारको बजेट ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार (पूर्णपाठ)

मधेश सरकारको बजेट ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार (पूर्णपाठ)

मधेश सरकारको पहिलो आर्थिक सर्वेक्षण सार्वजनिक, कस्तो छ प्रदेशको अवस्था ? (पूर्णपाठ)

मधेश सरकारको पहिलो आर्थिक सर्वेक्षण सार्वजनिक, कस्तो छ प्रदेशको अवस्था ? (पूर्णपाठ)

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

हेर्नुहोस् २०८० सालमा परेका सार्वजनिक बिदा

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध