साउदीको राजकुमार Faisal Bin Fahran Al Saud हिजो नेपाल आउनु भएको र आज बंगलादेश जान लागेको समाचार आज विहान ९ बजे कान्तिपुरमा पढ़े । उनि नेपाल आएको बेला उनि संग भेट्न पाए मृत्युदण्डको सजाय पाएर साउदीको जेलमा १६ वर्ष देखि जेलजीवन बिताई रहेको विवेक दाहालको जीवनरक्षाको लागि एउटा मौका बन्न सक्छ ।
तर राजकुमार पकै पनि उच्च सुरक्षा घेरामा होला, उनि संग भेट्न त्यति सहज छैन भन्ने कुरा मलाई थाहा थियो । जे भएनी प्रयाश गर्नुपर्छ भनेर तुरन्त राजकुमारको नाउँमा विवेक दाहालको लागि ‘क्षमादान पत्र’ (Letter of Clemency) तयार पारे, पुरानो कागजातहरु पनि संगै राखेर खामबन्दी गरे र उनलाई भेट्न नक्शाल स्थित होटेल Marriott तिर कुदे ।
सोचे जस्तै होटेल वरिपरि उच्च सुरक्षा थियो । होटेलको पार्किंगमा बाइक पार्क गरें र सिधै होटेल भित्र रिसिप्सनमा पुगे । त्यंहा रहेको होटेल स्टाफलाई एकजना नेपालीको जिवनमृत्युको कुरा भएकोले आफु राजकुमार संग भेट्न आएको जानकारी दिए । उहांले यो कुरा असम्भव भएको भन्ने, यदि राजकुमार संग भेट्न सक्दिन भन्ने उँहाको टोलीलाई भेटाई दिनुस भनेर फेरि उंहालाई आग्रह गरें ।
संयोगले त्यहि बेला त्यंहा राजकुमारको टोलीको ५-६ जना व्यक्ति रिसिप्सन तिर आइरहेको देखें, होटेल स्टाफलाई फेरी आग्रह गरें । होटेल स्टाफ त्यस टोलीको एकजना संग कुरा गरे, एकछिन पछि अरबिक पोशाकमा रहेको ति महोदय म तिर आउनु भयो र कुरा गरे । विवेक दाहालको वारेमा सबै कुरा भन्ने र राजकुमार संग भेटाइ दिन आग्रह गरें । उहाले भन्नुभयो “राजकुमार निकै व्यस्त हुनुहुन्छ, माथि लन्च सुरु हुँदैछ, त्यसपछि हामी विमानस्थल जान्छौं, तपाइको पत्र हामी राजकुमार समक्ष पुर्याई दिन्छौँ ।”
तर म राजकुमार लाई भेटेर नै पत्र दिने इच्छा प्रकट गरें । उंहा पत्र लिएर माथि जानु भयो । यहि बिचमा मेरो आइफोन १३ प्रो कतै हरायो । रिचिप्सनमा थिएन । राजकुमार संग भेट्न त्यहि कुरी रहे । एकछिन पछि सेकुरिटीको एकजनाले आएर जानकारी गरायो कि “तपाईले जसलाई पत्र दिनुभयो उँहाले खबर पठाएछ कि तपाई राजकुमार संग भेट्न पाउनु हुन् तर तपाईको पत्र सम्बन्धित ठाउँमा पुग्छ ।”
त्यसपछि थप जिद गरिन । रिसिप्सनबाट म आफ्नो नम्बरमा फोन गरें, कसैले होटेलको गेटमा आउँ भन्ने, गेटमा पुग्दा मेरो फोन एकजना प्रहरीले गेटमा भेटाएको रहेछ । त्यसपछि घर तिर फर्के । बाटो भरि यहि सोची राखे के मेरो पत्र राजकुमारको हातमा पर्छ? ति अरबिकले वाचा गरे अनुसार राजकुमारलाई पत्र दिन्छ? मैले प्रयाश गरें, आफ्नो कर्म गरें वाकी इश्वरको इच्छा ।
विवेक दाहालको लागि यो पहिलो प्रयाश थिएन । २०१८ मा उमेश यादवलाई मृत्युदण्ड बाट बचाउन साउदी गएको बेला जुबेल स्थित कारागारमा विवेक संग भेटे र एक घण्टा जति कुरा गरेको थिए । उनलाइ बचाउन निरन्तर परराष्ट्र मन्त्रालय धाइ राखे । दुई साल अगाडी साउदी जान मेरो परराष्ट्र मन्त्रालयको सहयोगमा मेरो भिषा पनि लागेको थियो तर कोरोनाले गर्दा अन्तर्राष्ट्रिय उडान भएको कारण जान पाइन् ।
पछि मृतक परिवार संग बनाएको कागजात परराष्ट्र मन्त्रालय मार्फत साउदी स्थित नेपाल दुतावासलाई पठाए । केहि दिन अगाडी पनि परराष्ट्र मन्त्रि नारायाण खड्का ज्युसंग भेट गरेर विवेक दाहालको जीवनरक्षाको पहल पनि गरेको थिए ।
उदयपुरको विवेक दाहाल सन् २००६ मा गाडी चालकको काम लागाई दिन्छु भनेर उनकै गाउँको राजेन्द्र बिस्टले साउदी लिएर गए तर उनलाई उँट चराउने काममा लगाई दिए त्यो पनि शहर भन्दा बाहिर मरुभूमिमा । यहि विषय लिएर दुवैमा विवाद भईरहन्थियो । एक दिन सुडानी नागरिक र राजेन्द्र विष्ट मिलेर विवेकलाई बेसरी कुटेको रहेछ, त्यहि झगडामा विवेकले राजेन्द्रको टाउकोमा फलामको रोडले प्रहार गरे जसमा राजेन्द्रको मृत्यु उपचारको क्रममा भयो ।
यसको सजा विवेकले पाइसकेको छ, १६ वर्ष देखि जेलमा छन् । यो जानी जानी गरेको प्लान हत्या होइन, दुर्घटना हो र मेरो बुझाइमा विवेकले माफी पाउनु पर्छ ।
– सरोज राय, सामाजिक अभियन्ता