काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोसपाले बिहीबार आयोगमा दल दर्ता गरेको हो । लोसपाको मुल दर्ता नम्बर ९५/५०२ रहेको छ ।
दल दर्ताका लागि केशव झा र मनिष मिश्रलगायतका नेता आयोग पुगेका थिए । निर्वाचनमा सहभागी हुने दलका लागि साउन २२ देखि ३१ गतेसम्म दल दर्ताको समय तोकिएको छ ।