काठमाडौं । अबदेखि डाक्टरले डाक्टरलाई अनुचित शब्द प्रयोग गरेर गालीलौज गर्न र त्यस्ता शब्द प्रयोग गरेर सम्बोधन गर्न नपाइने भएको छ ।
नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि जारी गरेको आचारसंहितामा सहकार्मी चिकित्सकलाई अनुचित शब्द प्रयोग गर्न, गालीगलौज गर्न तथा त्यस्ता शब्दले सम्बोधन गर्न नपाइने उल्लेख गरेको हो ।
डाक्टरलाई लक्षित गर्दै ल्याइएको सामाजिक सञ्जाल तथा विद्युतीय माध्यम प्रयोगका लागि ल्याइएको ८ बुँदे आचारसंहिता अनुसार डाक्टरले अबदेखि सामाजिक सञ्जालमा कुनै पेशागत विवरण राख्नु पर्ने भए काउन्सिलको दर्ता प्रमाणपत्रमा उल्लिखित उपाधि मात्र लेख्नुपर्ने छ ।
यस्तै सामाजिक सञ्जालमा उपचारजन्य कुनै पनि जानकारी दिनुपर्ने भएमा वैज्ञानिक रूपमा स्थापित तथ्य मात्र लेख्न पाइने, विरामीसँग सम्बन्धित जानकारी दिनुपर्ने भएमा विरामी पक्षको मन्जुरी अनिवार्य लिनुपर्ने छ ।