जनकपुरधाम । सिरहाको लहानबाट प्रहरीले लागुऔषध गाँजा तस्करी गरिरहेका एम्बुलेन्स र चालकलाई पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा गएराति को १ च ७५७७ नम्बरको एम्बुलेन्सलाई खानतलासी गर्दा ९० किलो गाँजा बरामद भएपछि उक्त एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लहानका डीएसपी कुमार मैनालीले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स पश्चिमबाट पश्चिमतर्फ जाँदै थियो ।
एम्बुलेन्स चालकको पहिचान र कुन सामाजिक संस्थाको एम्बुलेन्सको हो भन्ने कुरा प्रहरीले गोप्य राखेको छ । डिएसपी मैनालीले एम्बुलेन्स र चालकमाथि अनुसन्धान भइरहेको बताए ।