काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएपछि स्वास्थ्य उपचारको लागि अस्पताल भर्ना भएकी छन् ।
घाँटीमा संक्रमणको आशंका गरिएपछि उनलाई बुधबार साँझ ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेकाले उनलाई ‘अब्जर्भेसन’का लागि अस्पतालमा भर्ना गर्नुपरेको स्रोतले जनाएको छ ।
पूर्वयुवराज्ञी शाह हिमानी ट्रस्टको कार्यक्रमको शिलशिलामा केही दिनअघि अष्ट्रेलिया गएकी थिइन् । उनी मंगलबार अष्ट्रेलियाबाट नेपाल फर्केको स्रोतले जानकारी दिएको छ ।