Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

गठबन्धन देशको आवश्यकता हो, ५ दलसँग छलफल भइरहेको छ : लोसपा

टुडे खोज लेखक टुडे खोज
भदौ ६, २०७९, ८:४८ PM
0
गठबन्धन देशको आवश्यकता हो, ५ दलसँग छलफल भइरहेको छ : लोसपा

राजविराज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूले गठबन्धन देशको आवश्यकता भएको बताएका छन् । उनीहरूले अन्य दलहरूले गठबन्धनका लागि प्रस्ताव राखेको भए पनि पाँचदलीय गठबन्धनका घटक दलहरूसित छलफल भइरहेको बताए ।

सप्तरीको राजविराजमा सोमबार लोसपाद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले चुनावी तालमेलका लागि गठबन्धनको कुराकानी भइरहेको बताए । ‘गठबन्धन हुन नसके लोसपा एक्लै चुनावमा जान्छ,’ महतोले भने,‘तर पाँचदलीय गठबन्धनका दलहरूसित चुनावी तालमेलका लागि गठबन्धनको कुराकानी भइरहेको छ ।’ उनले माग मुद्दा मिल्ने अन्य दलसित पनि चुनावी गठबन्धन गर्ने बताए ।

नेता महतोले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकोमा आपत्ति जनाएका थिए । ‘दुवै सदनबाट पास भइसकेको नागरिकता विधेयक फिर्ता गर्नु राष्ट्रपतिको नश्लीय र एकल जातीय सोचबाट ग्रसित भएको मानसिकता हो,’ महतोले भने । अधिकार प्राप्ती नहुँदा जनतामा निराशा छाएको भन्दै महतोले सुशासन नहुँदा देश कंगाल अवस्थामा पुगेको बताए ।

लोसपाका अर्का नेता शरतसिंह भण्डारीले गठबन्धन अहिले देशको आवश्यकता भएको बताए । ‘वर्तमान चुनावी प्रणालीले कुनै एक दलले स्थीर सरकार दिनसक्ने अवस्था छैन । त्यसकारण गठबन्धन अहिले देशको आवश्यकता भइसकेको छ,’ नेता भण्डारीले भने ।

अघिल्लो निर्वाचनमा कम्युनिस्ट पार्टीहरूलाई नेपाली जनताले बहुमत दिए पनि स्थिर भएर सरकार चलाउन नसकेकाले लोकतान्त्रिक शक्तीहरूबीच गठबन्धन हुनुपर्नेमा जोड दिए ।

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेकोमा नेता भण्डारीले पनि असन्तुष्टि व्यक्त गरेका थिए । उनले राष्ट्रपति सबैको साझा बन्न सक्नुपर्ने भन्दै उनको भूमिकालाई लिएर आलोचना गरेका थिए ।

यस्तै कार्यक्रममा लोसपाका नेताहरू अनिलकुमार झा, जितेन्द्र सोनल, जयप्रकास ठाकुर, दिनेश यादव लगायतका नेताले सम्बोधन गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा राजविराज नगरपालिकाका निवर्तमान नगरप्रमुख शम्भुप्रसाद यादव नेकपा माओवादी केन्द्र परित्याग गरी लोसपामा प्रवेश गरे । अघिल्लो स्थानीय तहको निर्वाचनमा तात्कालीन राजपाबाट राजविराजको नगरप्रमुखमा जितेका यादव राजपा र तात्कालीन समाजवादी पार्टी मिलेर बनेको जसपामा थिए ।

वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा जसपाले उनलाई नगरप्रमुखमा टिकट नदिएपछि उनी मनोनयनको अघिल्लो दिन माओवादी प्रवेश गरी उम्मेदवार भएका थिए । निवर्तमान नगरप्रमुख यादवसँगै निवर्तमान वडाध्यक्षहरू मागीलाल नाई, सुदर्शन सिंह, शम्भुप्रसाद यादव लाली र शोभालाल मण्डलसमेत लोसपाको सदस्यता लिइ पार्टी प्रवेश गरेका छन् ।

सम्बन्धित समाचार

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

उपराष्ट्रपति उम्मेदवार ममता झा भन्छिन्– गठबन्धनको साझा उम्मेदवार रामसहाय होइनन्

उपराष्ट्रपति उम्मेदवार ममता झा भन्छिन्– गठबन्धनको साझा उम्मेदवार रामसहाय होइनन्

सप्तरीकी मञ्जु अन्सारीलाई संघीय साँसद बनाउँदै जसपा

सप्तरीकी मञ्जु अन्सारीलाई संघीय साँसद बनाउँदै जसपा

रामसहायको उम्मेदवारी खारेज गर्न एमालेको उजुरी

उपराष्ट्रपति उम्मेदवार यादवको दौडधुप सुरू

ताजा समाचार

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध