Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

राजीनामाको मनस्थितिमा राष्ट्रपति भण्डारी

टुडे खोज लेखक टुडे खोज
भदौ ९, २०७९, ७:०५ AM
0
प्रदिप गिरिको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति पुगिन् अस्पताल

काठमाडौं । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा सिर्जित ‘विवाद’ले राष्ट्रिय राजनीतिलाई गम्भीर मोडमा पुर्‍याएको छ। यसबाट सत्तारूढ गठबन्धन, सदन र राष्ट्रपतिबीच गम्भीर द्वन्द्व सिर्जना भएको छ भने राष्ट्रिय राजनीतिलाई नै तरंगित पार्ने अवस्था बनेको छ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएको विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २९ गते ‘संघीय संसद्बाट पुनर्विचार हुनु आवश्यक देखिएको’ भन्दै संविधानको धारा ११३ को उपधारा (३) बमोजिम १५ बुँदे ‘सन्देश’सहित प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन्। सत्तारूढ गठबन्धनले राष्ट्रपतिले ‘राजनीतिक स्वार्थ’ले विधेयक फिर्ता पठाएको समीक्षा गर्दै जस्ताको तस्तै पारित गरेर पठाउने निष्कर्ष निकालेको थियो।

सोहीअनुसार उक्त विधेयक ‘फास्ट ट्र्याक’मार्फत भदौ २ गते नै प्रतिनिधिसभाले हुबहु पारित गरेर राष्ट्रियसभामा पठाइएको छ। त्यहाँ पनि सत्तारूढ गठबन्धनकै बहुमत भएकाले पारित हुनेमा कुनै शंका छैन।

आफूले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै फेरि प्रमाणीकरणका लागि आए राष्ट्रपति भण्डारी ‘गम्भीर कदम’ चाल्ने तयारीमा रहेको राष्ट्रपतिनिकट स्रोतको दाबी छ। ‘राष्ट्रपतिले उठाएका गम्भीर तथा सैद्धान्तिक सवालमा सरकारले संसद्मा समेत छलफल नगरेर जस्ताको तस्तै राष्ट्रपति कार्यालयमा पठाउनु भनेको राष्ट्रपति कार्यालयकै अपमान हो भन्ने उहाँको बुझाइ छ,’ स्रोतले भन्यो, ‘यो विषयमा छलफल र बहस हुनुपथ्र्यो भन्ने उहाँको चाहना थियो ।’

राष्ट्रियसभाले पनि जस्ताको तस्तै पठाए राजीनामा दिने मुडमा राष्ट्रपति रहेको स्रोतको दाबी छ। ‘उहाँ आफैंले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै आए प्रमाणीकरण गर्नुहुन्न। प्रमाणीकरण नगर्ने ठाउँ संविधानले दिएको छैन। यस्तो अवस्थामा राजीनामा नै अन्तिम विकल्प हो,’ स्रोतले भन्यो। राष्ट्रियसभाबाट हुबहु आए जुनसुकै दिन पनि राष्ट्रपतिको राजीनामा आउन सक्ने राष्ट्रपतिनिकट स्रोतले बतायो।

उता यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि राष्ट्रपतिले जुनसुकै बेला राजीनामा दिन सक्ने संकेत पाइसकेको स्रोतको दाबी छ। त्यसबारे उनले बुधबार आफ्नो पार्टी नेपाली कांग्रेसका नेताहरूलाई पनि जानकारी गराएका छन्। त्यसअघि बिहान भएको प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटघाटमा ओलीले नागरिकता विधेकयमा राष्ट्रिय सहमति खोज्न आग्रह गरेका थिए।

‘विधेयक जस्ताको तस्तै पठाउँदा उहाँ (राष्ट्रपति) लाई नैतिक संकट पर्छ। त्यसले अर्को समस्या निम्त्याउन सक्छ। त्यसैले यसलाई मंसिर ४ सम्म रोकिदिनुस् भन्नुभएको थियो,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘तर राष्ट्रपतिको राजीनामा नै आउँछ भनेर भन्नुभएको थिएन।’ तर एमाले नेताहरूले सार्वजनिक कार्यक्रम र टेलिभिजन अन्तर्वार्तामा नै राष्ट्रपतिको राजीनामा आउन सक्छ भनेकाले ‘हो कि !’ भन्ने प्रधानमन्त्रीलाई लागेको छ।

नागरिकता विधेयक संसद्बाट पारित हुनासाथ एमालेले यसलाई राजनीतिक अजेन्डा बनाउँदै आएको छ। एमालेका नेताहरूले नै सार्वजनिक कार्यक्रममा राष्ट्रपतिले फिर्ता पठाउनुपर्ने भन्दै अभिव्यक्ति दिँदै आएका थिए। सोहीअनुसार राष्ट्रपतिबाट फिर्ता पनि भयो ।

राष्ट्रपति भण्डारी पहिले एमालेकै नेता भएकाले सत्ता गठबन्धन दलहरूले उनीमाथि एमालेको इसारामा विधेयक फिर्ता गरेको आरोप लगाइरहेका छन् । यही कारण बलमिच्याइँ गरेर फेरि प्रमाणीकरणका लागि पठाउने तयारी गरेको छ।

यस्तोमा फेरि विधेयक जस्ताको तस्तै गए राष्ट्रपति भण्डारीले राजीनामा दिन सक्ने देखिएपछि राष्ट्रपति र सत्तारूढ गठबन्धनबीच सम्भावित द्वन्द्व निम्तिने देखिएको छ। यहीबीचमा बुधबार नै नेपाली सेनासहित सुरक्षा निकायका प्रमुखसँग पनि राष्ट्रपति भण्डारीले छलफल गरेको बुझिएको छ।

सम्बन्धित समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

बेलारुसमा आणविक हतियार भण्डारण गर्ने रुसको घोषणा

बेलारुसमा आणविक हतियार भण्डारण गर्ने रुसको घोषणा

राष्ट्रिय संकटको पूर्व संकेतहरु देखिन थाल्यो : जसपा नेता मण्डल

राष्ट्रिय संकटको पूर्व संकेतहरु देखिन थाल्यो : जसपा नेता मण्डल

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध