Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

प्रदीप गिरी : नयाँ पुस्ताले गर्व गर्ने पुरानो नेता

टुडे खोज लेखक टुडे खोज
भदौ ९, २०७९, ८:४८ PM
0
कांग्रेस नेता गिरिको श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा पार्थिव शरीर राखिने, आजै अन्त्येष्टि
  • प्रदीप पौडेल

हामी विद्यार्थी राजनीतिमा आउँदै गर्दा प्रदीप गिरि प्रखर वक्ताको रुपमा चर्चित हुनुहुन्थ्यो । विस्तारै उहाँलाई पढ्ने र सुन्नेक्रम भयो । उहाँलाई मैले नजिकबाट चिन्ने अवसर चाहिँ २०६२र०६३ को जनआन्दोलनताका मात्रै पाएँ । आन्दोलनप्रति प्रतिबद्ध एउटा नेता, जो आन्दोलनको मुद्दाको वर्तमान र भविष्यबारे चिन्तित छ, र त्यसको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्छ भनेर प्रोत्साहन गरिरहेको छ ।

प्रदीप दाइ त्यही व्यक्ति हो, जसले मैले चिन्दादेखि नै युवालाई अगाडि सार्न सधैँ उत्साहित हुनुभयो । युवा पुस्ताप्रति विश्वास र भरोसा थियो उहाँमा । गणतन्त्रका लागि हामी आन्दोलनमा थियौँ, प्रदीप दाइले पनि कांग्रेसमा युवाहरू को–को छन् भनेर खोजी गरिरहनुभएको रहेछ । त्यहीबेला म उहाँको नजरमा परेको थिएँ । तर, धेरै लामो समय उहाँसँग काम गर्ने मौका मिलेन । उहाँसँग एकपटक भेट भयो, त्यसपछि म केही समय कस्टडीमा परेँ । त्यसपछि आन्दोलनका क्रममा भित्र(बाहिर भइरह्यो । नजिकमा बसेर धेरै कुरा सुन्न पाइएन ।

त्यो बेला उहाँ नेपाली कांग्रेस प्रजातान्त्रिकमा हुनुहुन्थ्यो । उहाँकै कारण नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टीको नेतृत्वमा समावेशीकरणको मुद्दा लागू भएको कुरादेखि ०६२र०६३ को आन्दोलनमा विभिन्न मुद्दाहरूको उठान, युवालाई प्रोत्साहन र सहभागितासम्मले उहाँ व्यवहारमै समाजवादी र सधैँ भुइमान्छेको पक्षधरता लिने नेता हो भनेर चिनायो । आन्दोलनको अन्तिमतिरबाट म उहाँहरूसँग नजिक भएर काम गर्ने समेत मौका पाएँ ।

पछि पार्टी एकता भयो । हाम्रो पुस्ता पार्टीमा जे जस्ता एजेण्डा उठाउन चाहन्थ्यो, प्रदीप गिरी र नरहरि आचार्यहरूले पार्टीमा त्यो मुद्दालाई नेतृत्व गर्नुहुन्थ्यो । लगत्तै नेपाल विद्यार्थी संघको केन्द्रीय महाधिवेशन नजिकियो । त्यो बेला प्रदीप दाइले मलाई गणतन्त्र, समानुपातिक समावेशीकरण जस्ता मुद्दा उठाएर महाधिवेशनमा जान प्रेरित गर्नुभयो । म नेविसंघको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएँ । प्रदीप दाइहरुकै कारण मेरो जितलाई गणतन्त्रवादीको जितकोरुपमा अर्थ लगाएर खुसी मनाइयो, देशभरि त्यो सन्देश गएको थियो ।

उहाँ प्रखर समाजवादी चिन्तक, राजनीतिज्ञ, र कुशल वक्ता पनि । विश्वविद्यालय र कलेजहरूमा नेपाली कांग्रेसका विषयमा मात्रै होइन, कम्युनिस्ट राजनीति र मार्क्सवादकै विषयमा पनि वक्ताको खोजी हुने बित्तिकै उहाँको नाम आउँथ्यो । म नेविसंघको अध्यक्ष हुँदा अखिलका साथीहरूले धेरै पटक उहाँलाई कार्यक्रममा बोलाइदिनुस् भनेर आग्रह गर्थे । खास गरी शैक्षिक भनौँ वा साहित्यिक वा खास राजनीतिक विषयहरूमै किन नहोस्, बौद्धिक विलास गर्न, छलफल गर्न रुचि हुनेहरूका लागि उहाँलाई भेटौँ भन्ने हुटहुटी हुने कुरा स्वभाविकै हुन्थ्यो ।

म नेविसंघको अध्यक्ष भइसकेपछि प्रदीप दाइसँग थप निकटता भयो । पहिलेको सम्बन्धमा अझै प्रगाढ बनाउने र वैचारिकरुपमा उहाँबाट प्रशिक्षित हुने रहर पनि थियो । त्यही बेला म उहाँको आश्रममा पनि पुगेको छु । उहाँ विचार व्यक्त गर्ने मात्रै होइन, त्यसलाई व्यवहारमा नै कार्यान्वयन नै गर्ने मान्छे पनि हो । उहाँले आफू कहाँ पुग्ने हरेक मान्छेलाई तिमी कसरी बाँचेका छौ रु कसरी चलेका छौं भनेर सोजीखोजी गर्नुहुन्थ्यो । त्यो बेलादेखि नै उहाँको संरक्षणमा बाचिरहेका थुप्रै मान्छेहरू थिए, तिनीहरू अहिले पनि छन् ।

उहाँले कसैलाई पनि काखा र पाखाको व्यवहार गर्नुहुन्नथ्यो । सबैलाई समान व्यवहार गर्ने, एकै भेटमा जो कोही होस् उसलाई प्रभावित पार्न सक्ने खुबी उहाँमा थियो । अध्ययनमा उहाँको सबैभन्दा ठूलो लगाव हो । उहाँलाई भेट्न जाने जो कोहीसँग पनि पुस्तकका बारेमा कुराकानी हुन्थ्यो ।

हरेक नयाँ मान्छे भेट्न पुग्दा प्रदीप दाइले त्यसको वैचारिक क्षमता कति छ भनेर जाँच गरिहाल्नुहुन्थ्यो । म पहिलो पटक उहाँलाई भेट्न जाँदा उहाँले पाँच वटा पुस्तकको नाम भनेर पढेका छौ भनेर सोध्नुभयो । पुस्तक पढेको छु भन्ने जवाफ आयो भने त्यो फलानो पेजमा के छ भनेर सोध्नुहुन्थ्यो । मैले चाहिँ त्यो बेला उहाँले नाम भनेका कुनै पनि पुस्तक पढेको थिइनँ । मलाई उहाँले गाली पनि गर्नुभयो । उहाँ अध्ययनशील नहुने मान्छे अबको राजनीतिमा नेतृत्वमा पुग्न सक्दैन भन्ने मान्यता राख्नुहुन्थ्यो । तपाईंका अन्य पक्षहरू राम्रा छन्, तर अध्ययनलाई अलि मजबुत बनाउनुस् भनेर उहाँले फर्किने बेला मलाई पुस्तक दिएर पठाउनुभएको थियो ।

अर्कोपटक भेट्न जाँदा उहाँले त्यही पुस्तकका बारेमा सोधीखोजी गर्नुभयो । उहाँले दिएका पुस्तक नपढेर फेरि उहाँलाई भेट्न पाउने सुविधा थिएन । त्यो बेला नपढ्नेहरूले उहाँलाई दोहोर्‍याएर भेट्न सक्दैनथे ।

फेरि उहाँले भेट हुँदा अध्ययनशील हो भन्ने पर्‍यो भने पुस्तक दिएर, पुस्तक पढ्न लगाएर मात्रै होइन, फोन नै गरेर पनि तपाईंले त्यो पुस्तक पढ्नै पर्ने छ है भनेर सम्झाउनुहुन्थ्यो । मैले लेखेका आर्टिकलहरू पढेर उहाँले फोन गर्ने, थपघट गर्नु, सुधार गर्नुपर्ने कुराहरू सुझाव गर्नुहुन्थ्यो । र असहमतिहरू व्यक्त गर्नुहुन्थ्यो ।

१२ औँ महाधिवेशनपछि म पनि उहाँहरूसँगै केन्द्रीय कार्यसमितिमा भएँ । उहाँले बोल्दा खेरि सधैँ हामी ५–७ जनाको नाम लिनुहुन्थ्यो । कांग्रेसको राजनीतिमा उहाँले सम्भावना बोकेको नेतृत्वका रुपमा गगन थापा, विश्वप्रकाश शर्मा, बद्री पाण्डे, गुरुराज घिमिरे, कल्याण गुरुङ र मेरो नाम लिइरहनुहुन्थ्यो । बाहिर भेट्दा, पढ्दा मात्रै होइन, पार्टीभित्र समेत हाम्रो पुस्तालाई राजनीतिमा प्रेरित गरिरहन, उत्साहित गरिरहन उहाँको जोडबल देखिन्थ्यो ।

हामी कतिपय ठाउँमा भाषण गर्न सँगै हुन्थ्यौँ । म जतिपटक उहाँसँग एउटै मञ्चमा परेँ, उहाँले सधैँ मलाई प्रेरित गर्ने गरी, हौसला मिल्ने गरी नै बोल्नुभयो । मेरोबारे एक दुई ठाउँमा भन्नुभएको मलाई याद छ, प्रदीपसँग मेरो नामपनि मिल्छ, मलाई मनपर्छ पनि भनेर मैले राखेका तर्कहरूलाई व्याख्या गरिदिनुहुन्थ्यो । नयाँ पुस्तालाई सधैँ प्रोत्साहन गरिरहने उहाँको स्वभाव थियो । उहाँमा इगो, इर्ष्याभाव वा लोभलालच जस्ता कुराहरू मैले चाँहि कहिल्यै महसुस गरिनँ ।

राजनीतिमा लागेपछि कार्यकर्ताले गैरकानुनी कामहरू समेत नेताले गरिदिनुपर्ने आशा राखेर आउने हुन्छ । कतिपय नेताले त्यस्ता कुरामा भोटको राजनीति गर्न दबाब दिने, मिलाइदिन्छु भनेर आश्वासन दिने गरिरहेका हुन्छन् । तर, प्रदीप दाइ कहाँ कसैले त्यस्तो काम लिएर जाने हिम्मत गर्ने अवस्था थिएन । उहाँले यदि कोहीले त्यस्तो काम लिएर आयो भने पनि उसलाई फेरि राम्रै कामको लागि पनि आउन नसक्ने गरी गाली गरेर पठाइदिनुहुन्थ्यो । तर, जसलाई वास्तवमै आवश्यक सहयोग चाहिएको हुन्छ, त्यस्ता मान्छेहरूलाई पार्टी हेरेर वा आफूलाई मतदान गर्ने मतदाता हो वा होइन भन्ने कुरालाई आधार नबनाएरै सहयोग गरिदिनुहुन्थ्यो ।

म नेविसंघको अध्यक्षको रुपमा उहाँको प्रिय भएँ, उहाँले मलाई एकदमै धेरै माया गर्नुहुन्थ्यो । ०६७ सालको १२ औँ महाधिवेशनको बेलामा म केन्द्रीय सदस्य चुनाव लडेको थिएँ । उहाँ पनि उम्मेदवार हुनुहुन्थ्यो । तर, मैले उहाँले आफ्ना लागि मत माग्नुभएको देखिनँ । भोट माग्ने क्रममा उहाँ पनि लाइनमा आउनुभयो, त्यो बेला छेऊमा मधेसबाट आएका प्रतिनिधिहरू थिए । उहाँले मलाई देखाएर भन्न थाल्नुभयो, ‘इसको पहिचान्ते हो रु ये छोटे प्रदीप हे । ये कंग्रेसका भविष्य हे । यसको मत देना हँ । बरू मेरेको नही देना, यसको देना ।’

उहाँले त्यसै गरी मेरा लागि करिब ४५ मिनेट लाइनमा उभिएर भोट मागिदिनुभएको थियो । खास गरी मधेसबाट आएका प्रतिनिधिहरूसँग भाषाको समस्याको कारण पनि म त्यति धेरैसँग जोडिएको थिइनँ । तर, उहाँले मधेसी लवजमै मेरा लागि भोट मागिदिनुभयो । यद्यपि म त्यो महाधिवेशनमा २९ मतले पराजित भएँ ।

१३ औँ महाधिवेशनमा फेरि त्यस्तै गर्नुभयो । उहाँले पाँचौँ मत ल्याएर विजयी हुनुभयो, म छैठौँ भएको थिएँ । त्यो बेला निर्वाचन समितिले परिणाम सार्वजनिक गर्दा पाँचौँ उसलाई बनाएर मलाई छैटौँ बनाउन मिल्दैन रु भनेर सोध्नुभएको थियो । ती दुवै महाधिवेशनमा उहाँले भोट मागेको देखिनँ । तर उहाँलाई महाधिवेशन प्रतिनिधिहरूले खोजी खोजी भोट हालेको देखेँ ।

उहाँलाई पार्टीको महामन्त्री वा सभापति हुनु थिएन । वास्तवमा उहाँको जीवनशैली नै अत्यन्तै सरल थियो । उहाँको आश्रममा पुग्दा उहाँले खाएको कुराहरू देखेर म अचम्मित भएको थिएँ । प्रदीप गिरीले पनि यस्तो खानेकुरा खालान् र रु भनेजस्तो अवस्था थियो । धेरै शक्ति सञ्चय गर्ने, शक्ति अभ्यासमा मनोरञ्जन गर्ने वा विलासिताको जीवन जिउने कुरामा उहाँलाई कहिल्यै उद्दत भएको देखिएन ।

उहाँ सधैँ भुइ‌ँमान्छेको पक्षमा उभिनुहुन्थ्यो । किसानको, भूमिहीनको, महिला, दलित र सीमान्तकृत समदुायको विषयमा उहाँ प्रष्ट उभिएर बोलिदिनुहुन्थ्यो । ती समुदायले अहिलेको संविधानमा अधिकार पाउने कुरामा उहाँको निकै ठूलो योगदान छ ।

प्रदीप दाइ प्रत्यक्षभन्दा धेरै पुस्तक, पत्रिकाका लेख र सञ्चारमाध्यमहरूमै भेटिने व्यक्ति हो । त्यसरी सञ्चारमाध्यममा आउँदा पनि उहाँको खाली एउटा मसला मात्रै होइन, एकदमै पठनीय, सैद्धान्तिक र गहिरो ज्ञानमुलक सामाग्रीहरू हुन्थे । त्यसैले मैले चाँहि उहाँलाई भेटेर भन्दापनि सञ्चारमाध्यममा पढेर आफूलाई दीक्षित गरेको हुँ ।

पछिल्लो पटक ‘फरकधार’ अनलाइनले मेरो निरन्तर भिडियो सिरिज गरेको थियो । मैले ‘कांग्रेस पुनर्जागरणको बहस’ बारे बोलेको थिएँ । प्रदीप दाइले सामाजिक सञ्जालमा एउटा भिडियो हेर्नुभएछ, त्यसपछि उहाँले मलाई बोलाउनुभयो । र, त्यही भिडियो मलाई देखाएर उहाँले यी कुरा त सबै मसँग मिल्दा जुल्दा छन् । तपाई मसँग धेरै संगत गरेको मान्छे त होइन, तर तपाई त मेरो बाटोमा आउनुभयो, मेरोमा बाटोमा हिड्न लाग्नुभयो, यस्तो किन रु भनेर सोध्नुभयो ।

मैले म तपाईंका कुरा सुन्न तपाईलाई भेट्नै पर्ने अवस्था छैन, पढेर थाहा हुन्छ भनेँ । उहाँले यो बाटो असाध्यै कठिन छ । यो बाटोमा समर्पण र त्याग चाहिन्छ, तपाईंहरू अघि बढ्नुस्, म साथै छु भन्नुभएको थियो ।

त्यसपछि हामीले देशव्यापी प्रशिक्षण कार्यक्रम गर्ने अवधारणा बनाएका थियौँ । उहाँ सहमत पनि हुनुहुन्थ्यो । त्यसकालागि केही लिखित दस्तावेजहरू बनाउने र ती सामाग्रीहरूसहित प्रशिक्षणमा जाने भन्ने तयारी थियो । तर, त्यो काम पूरा हुन सकेन । उहाँ बिरामी भएपछि त्यसको तयारी अघि बढाउन सकिएन ।

प्रदीप दाइ सत्ता नै शक्ति हो भन्ने आम बुझाइलाई अस्वीकार गर्ने नेता हो । उहाँमा कुनै पदीय लालसा थिएन । उहाँ विचारको नेता हो, सत्ता शक्तिप्रति कुनै आकांक्षा थिएन । उहाँ चाहेको भए पटक पटक मन्त्री र उपप्रधानमन्त्री बन्न सक्नुहुन्थ्यो होला । तर, त्यो उहाँ आफैँले चाहनुभएन । उहाँले सधैँ प्रश्न गर्नुभयो, चाहे त्यो पार्टीमा होस् वा चाहिँ सत्तामा होस्, उहाँले सधैँ प्रतिपक्षीको कित्तालाई प्यारो बनाएर बस्नुभयो । यतिसम्म कि नेपालको संविधान २०७२ मा फरक विचार राखेर नेपाली कांग्रेसको हृवीप नमानेर हस्ताक्षर गर्ने नेता उहाँ नै हो । आज निमुखा, गरिब र सर्वसाधारण जनताको पक्षपाती बनेर, कुनै लालसा र स्वार्थ बिनै प्रश्न गरिरहने एउटा नेता नेपाली राजनीतिले गुमाएको छ, नेपाली समाजले गुमाएको छ । हुन त नेतृत्व समयले जन्माउने हो, तर प्रदीप गिरि जस्तो विलक्षण प्रतिभा फेरि कहिले, कसरी जन्माउने हो रु हाम्रो कल्पना क्षेत्रको कुरा होइन ।

उहाँको निधनसँगै नेपाली कांग्रेसमा एउटा वैचारिक धारको व्याख्याताको अभाव भएको छ, रिक्तता सिर्जना गरेको छ । वास्तवमा प्रदीप गिरि नयाँ पुस्ताप्रतिको विश्वास र त्याग भएको नेता हो । पुराना पुस्ताका नेतामध्ये पछिल्लो पुस्ताले उहाँमाथि गर्व गर्छ । म र मेरो पुस्तामात्रै होइन, अहिलेको तन्नेरी पुस्ताले समेत उहाँलाई माया गर्छ, र रुचाउँछ । – कान्तिपुर अनलाइनबाट


सम्बन्धित समाचार

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

मिटर ब्याजका आरोपी चौधरीलाई महोत्तरीबाट सर्लाही लगियो

मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय

एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन

एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध