Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

निहारिकाले करिश्मालाई फर्काइन् २१ हजार र छोराको चश्मा, पार्टी प्यालेसमा भयो विवाद

टुडे खोज लेखक टुडे खोज
भदौ १०, २०७९, २:३६ PM
0
निहारिकाले करिश्मालाई फर्काइन् २१ हजार र छोराको चश्मा, पार्टी प्यालेसमा भयो विवाद

काठमाडौं । ‘कुमारी आमा’ निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरलाई भेटेर २१ हजार रूपैयाँ फिर्ता गरेकी छन् । करिश्माले आफ्नो छोरालाई किनिदिएको चश्मा पनि उनले फिर्ता दिइन् ।

निहारिका गत असारमा पहिलोपटक अनशन बस्दा करिश्माले उनलाई २० हजार रुपैयाँ सहयोग दिएकी थिइन् । तर, दोस्रोपटकको अनशनमा भने करिश्माले आफूले गरेको सहयोगप्रति पछुतो व्यक्त गरेकी छन् । उनले निहारिकाका निजी तस्वीरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरिदिएकी थिइन् ।

करिश्माले आफ्नो अनुमतिविना तस्वीरहरू सार्वजनिक गरेकोमा निहारिका उनीसँग क्रोधित छिन् । आफ्नो गोपनियता उल्लंघन र चरित्रहत्या गरेको आरोपमा करिश्मामाथि उजुरीसमेत दिने उनको तयारी छ । उजुरी दिनुपूर्व उनले करिश्माबाट पाएको सहायता फिर्ता गरिदिएकी हुन् ।

करिश्माको पैसा फर्काउन निहारिका दुई वर्षको छोरा च्यापेर एक साथीसहित गोदावरीस्थित उनकै निवासमा पुगेकी थिइन् । तर, उनी पुग्दा करिश्मा घरमा थिइन् । केहीबेर अघि मात्रै उनी तिज मनाउन चिटिक्क परेर नजिककैको पार्टी प्यालेसतिर हिँडेकी थिइन् ।

निवासको गेटमै पुगेपछि निहारिकालाई करिश्मा पार्टी प्यालेसमा गएको बताइदियो । त्यसपछि उनी पार्टी प्यालेसतिरै लागिन् । निहारिका आउँदा करिश्मा पार्टीमा रमाइरहेकी थिइन् । निहारिका आफूलाई पैसा फिर्ता गर्न आउन लागेको नेपाल प्रेसको समाचारबाट उनलाई थाहा भइसकेको थियो ।

निहारिकाले पार्टी प्यालेसको गेटबाट करिश्मालाई बोलाइदिन सन्देश पठाइन् । तर, करिश्माले उनलाई भेट्न चाहिनन् । पार्टीमा आउको कसैले निहारिकालाई चिनेर भित्र जान आग्रह गरिन् । निहारिका मानिनन् । ‘यो ठाउँ हामीजस्ताका लागि होइन’ भन्दै उनी छोरा च्यापेर बाहिर उभिइरहिन् । तर, निकैबेरसम्म पनि करिश्मा नआएपछि उनी भित्र पसिन् ।

निहारिकालाई भित्र पसेको देख्नासाथ करिश्मा फोनमा कुरा गरेझैं गर्दै बाहिर निस्किन खोजिन् । तर निहारिकाले उनलाई पछ्याइन् । उनले आफू पैसा फिर्ता गर्न आएको बताइन् । ‘प्लीज तपाईं आफ्नो पैसा राख्नुस । म आफ्नो बच्चा पाल्न सक्छु,’ उनले भनिन् ।

करिश्माले सुरुमा पैसा लिन चाहिनन् । तनावमा देखिएकी उनले आनाकानी गर्दै भनिन्, ‘बहिनी तिमी यस्तो नगर । सत्यको बाटोमा हिँड ।’ यति भनेर उनी तर्किन खोजिन् । तर, निहारिकाले पछ्याइन् । उनले पैसा र चश्मा करिश्मालाई जबरजस्ती थमाउन खोजिन् ।

निहारिकाले दिने र करिश्माले नलिने क्रममा पैसा भूईंमा खस्यो र छरपस्ट भयो । त्यहीँ रहेकी अर्की महिलाले भूईंको पैसा र चश्मा टिपिन् र करिश्मालाई दिइन् । करिश्माले पैसा लिइन् र चश्मा चाहिँ निहारिकालाई फर्काउन खोजिन् । निहारिकाले मानिनन् । अन्ततः करिश्माले चश्मा पनि आफैंसित राखिन् ।

पैसा फिर्ता लिइसकेपछि करिश्माले भनिन्, ‘मैले मिहिनेत गरेर कमाएको पैसा हो । गलत ठाउँमा प्रयोग भएन । आइ एम भेरि ह्याप्पी । थ्यांक यू भेरि मच । मैले तिमीलाई अरु पनि धेरै सहयोग गरेको छु ।’

निहारिकाले आमा सोचेर करिश्माको सहयोग स्वीकारेको तर अब उनको दया नचाहिने बताइन् । त्यहाँबाट निस्केर नेपाल प्रेससँग कुरा गर्दै उनले करिश्मामाथि उजुरी हाल्ने बताएकी छन् ।

उनले भनिन्, ‘उहाँले मलाई २० हजार दिनुभएको थियो । अरु पनि केही खर्च गरिदिनुभएको थियो । त्यसैले मैले उहाँलाई २१ हजार फिर्ता गरिदिएको छु । अब कानूनी उपचारमा लाग्छु ।’
– नेपाल प्रेस

सम्बन्धित समाचार

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

भोलि देशभर सार्वजनिक बिदा

राम नवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय

मधेशका मिटरब्याज पीडितहरु प्रधानमन्त्रीलाई भेट्न बालुवाटर पुगे

मधेशका मिटरब्याज पीडितहरु प्रधानमन्त्रीलाई भेट्न बालुवाटर पुगे

एक पुरूषलाई प्रहरीले ७ राउन्ड गोली हानेपछि… (हेर्नुस् भिडियो)

Breaking- विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु

ताजा समाचार

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

10 best Nepali movies streaming on YouTube now: A curated list

10 best Nepali movies streaming on YouTube now: A curated list

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध