Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

सिरहाका वडाध्यक्ष यादव : हजुरआमाको श्राद्धको भोजमा हुने खर्चले एम्बुलेन्स किन्ने

टुडे खोज लेखक टुडे खोज
भदौ १०, २०७९, २:४२ PM
0
सिरहाका वडाध्यक्ष यादव : हजुरआमाको श्राद्धको भोजमा हुने खर्चले एम्बुलेन्स किन्ने

सिरहा । सिरहाका एक जना जनप्रतिनिधिले श्राद्धमा गर्ने खर्चले एम्बुलेन्स किन्ने निर्णय गरेका छन् ।

सिरहा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष इन्द्रजीत यादवले एक साताअघि बितेका आफ्ना हजुरआमाको श्राद्धको भोज नगर्ने र त्यो रकमले एम्बुलेन्स किन्ने बताएका छन् । ‘सुरुमा उहाँको श्राद्धको भोज गर्नुपर्छ भन्ने सबैको सहमति भयो’ वडाअध्यक्ष यादवले भने, ‘पछि भोजको खर्च जोड्दा साढे ५ लाख रुपैयाँ हुने देखियो । त्यसपछि निर्णय परिवर्तन गरेको छु ।’

उनका अनुसार अब त्यो रकममा अरु केहि रकम थपेर एम्बुलेन्स किनिने छ । ‘गाउँमा एम्बुलेन्स छैन्, कोहि बिरामी पर्दा बाहिरबाट मगाउनुपर्ने स्थिति छ’, उनी भन्छन्, ‘त्यही भएर श्राद्धको भोज नगरी एम्बुलेन्स खरिद गर्ने निर्णय गरेका छौं ।’

गाउँका भद्रभलाद्मी सबैले यसमा सहमति जनाएको वडाअध्यक्ष यादवले बताए । ‘भोजमा मान्छेले एक छाक खान्छन् । खाएको कुरा भोलि बिर्सन्छन्’ उनी भन्छन्, ‘यसैले भोज नगरी एम्बुलेन्स किनेर गाउँलेको सेवाका लागि तयारी राख्नेछु ।’

उनका हजुरबुवा दुलारचन्द गोठियाको एक वर्षअघि र हजुरआमा असलानी देवीको एक साताअघि मात्रै निधन भएको छ । वडा अध्यक्ष यादवले हजुरबुवा र हजुरआमाको स्मृतिमा एम्बुलेन्स किन्ने बताए । एम्बुलेन्स किन्नका लागि प्रकृया सुरु गरिसकेको उनले बताए ।

एम्बुलेन्स आएपछि सामान्य शुल्कमा सर्वसाधारणलाई उपलब्ध गराइने उनले बताए । ‘इन्धन र चालकको खर्च मात्रै लिएर एम्बुलेन्स सेवा प्रदान गर्छौं’ उनले भने । एम्बुलेन्स आएपछि एउटा समिति नै बनाउने र समितिले निर्धारण गरेको शुल्क लिएर सेवा प्रवाह गर्ने उनले बताए ।

सम्बन्धित समाचार

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

मिटरब्याज पीडितमाथि शारीरिक शोषण !

मिटरब्याज पीडितमाथि शारीरिक शोषण !

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

ताजा समाचार

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

10 best Nepali movies streaming on YouTube now: A curated list

10 best Nepali movies streaming on YouTube now: A curated list

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध