Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                
वर्षमा आधा अवधिसम्म ‘खतरनाक’ गर्मी हुने : अध्ययन

टुडे खोज लेखक टुडे खोज
भदौ ११, २०७९, ८:१५ AM
0
वर्षमा आधा अवधिसम्म ‘खतरनाक’ गर्मी हुने : अध्ययन

काठमाडौं । मानव जातिले जलवायु परिवर्तनको लक्ष्य हासिल गर्न सफल भए पनि सन् २१०० सम्ममा उष्णकटिबन्धीय क्षेत्रका लाखौँ मानिस आधा वर्षसम्म खतरनाक गर्मीको चपेटामा पर्नसक्ने अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन् ।

सम्भवतः विश्वले ती लक्ष्यहरू गुमाउनेछ र यस शताब्दीको अन्त्यसम्ममा उष्णकटिबनधीय क्षेत्रका मानिसहरूलाई प्रत्येक सामान्य वर्षको अधिकांश दिन हानिकारक तापक्रमको अधिनमा राखिनेछ, अध्ययन रिपोर्टमा भनिएको छ । यदि उत्सर्जन नियन्त्रण गरिएन भने, यी क्षेत्रहरूमा ठूलो सङ्ख्यामा मानिसहरूले अत्यधिक गर्मीको सम्भावित ‘भयानक’ अवधिको सामना गर्न सक्छन् ।

हार्वर्ड युनिभर्सिटीका प्रमुख लेखक लुकास भार्गास जेपेटेलोले भनेका छन्, “यदि हामीले एकसाथ काम गर्न सकेनौँ भने अर्बौं मानिस वास्तवमै यी अत्यन्तै खतरनाक तापक्रमको चपेटामा पर्नेछन् जुन हामीले आधारभूत रूपमा देखेका छैनौँ ।

जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी हुने गरेको र यसले मानव स्वास्थ्य, वन्यजन्तु र बालीनालीको उत्पादनलाई खतरामा पारिरहेको छ । अधिकांश जलवायु अनुमानहरूले विभिन्न नीति परिदृश्यहरूअन्तर्गत तापमान वृद्धिको भविष्यवाणी गर्दछ, तर ती मार्गहरूमध्ये कुन बढी सम्भावना छ भनेर बताउँदैन ।

‘कम्युनिकेशन अर्थ एन्ड इन्भाइरोमेन्ट जर्नल’मा प्रकाशित यस अध्ययनमा अनुसन्धानकर्ताहरूले खतरनाक गर्मी र आर्द्रताको सम्भावित जोखिमको अनुमान गरेका छन् । उनीहरूले मानव गतिविधिबाट कार्बन डाइअक्साइड उत्सर्जनको स्तर र विश्वव्यापी तापक्रम वृद्धिको परिणामीस्तरको भविष्यवाणी गर्न साङ्ख्यिकीय अनुमानहरू प्रयोग गरका छन् ।

अध्ययनअनुसार उष्णकटिबन्धीय क्षेत्रका धेरै मानिसहरूले शताब्दीको अन्तसम्म आधा वर्षका लागि खतरनाक गर्मीको स्तरको सामना गर्न सक्दछन्, यद्यपि विश्वले पेरिस जलवायु सम्झौताको लक्ष्यमा तापमान वृद्धिलाई दुई डिग्री सेल्सियसभन्दा कमको पूर्व औद्योगिक स्तरभन्दा माथि बढाउँदछ ।

उष्ण कटिबन्धीय क्षेत्रबाहिर घातक गर्मीको प्रकोप वार्षिक रूपमा हुने उनीहरूले बताएका छन् । अनुसन्धानकर्ताहरूले ३९ दशमलब ४ डिग्री सेल्सियस तापक्रमलाई ‘खतरा’ भनेका छन् भने ५१ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमलाई ‘अत्यन्तै खतरनाक’ र मानिसका लागि पूर्ण रूपमा असुरक्षित मानिएको बताएका छन् ।

जेपेटेलोले भने, “यो चरम गर्मीलाई मूलरूपमा पानीजहाजको बोइलर कोठा जस्तै तातोमा कोठाभित्र काम गर्ने मानिसहरूका लागि विकसित गरिएको थियो । यो बाहिरी कामका लागि विरलै अवलोकन गरिएको थियो ।”

अनुसन्धानकर्ताले जबसम्म उत्सर्जनमा गम्भीर कटौती हुँदैन, उप–सहारा अफ्रिका र भारत विशेष गरी जोखिममा रहेको जनाएका छन् शताब्दीको अन्त्यसम्ममा यो अवस्था आउने ठोकुवा गर्दै उष्णकटिबन्धीय क्षेत्रका केही भागहरूमा मानिसहरूले प्रत्येक वर्ष गर्मीको यो स्तरको अनुभव गर्ने बताएका छन् ।

“यो निकै डरलाग्दो कुरा हो,” उनले एएफपीसँग भने, “यस्तो अवस्थामा बाहिर हिँड्नु पनि खतरनाक हुन्छ ।”

सम्बन्धित समाचार

धनुषामा शिक्षकबाटै ११ वर्षीया छात्रा बलात्कृत, प्रहरी घटना ढाकछोप गर्दै !

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

ताजा समाचार

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध