Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

अन्तर्वार्ता- उपेन्द्र यादवले पत्र नै पठाएपछि जसपा फर्केको हुँ

टुडे खोज लेखक टुडे खोज
अशोज २, २०७९, ९:४३ AM
0
राजेन्द्र महतोलाई दलको नेता स्वीकार्न सक्दैनौं : रेणु यादव

जनता समाजवादी पार्टी नेपालबाट राजीनामा दिएकी रेणु यादव भदौ ३१ गते सो पार्टीमा फर्केकी छिन् । भौतिक मन्त्री पदबाट हटाएपछि असन्तुष्ट भएकी यादवले असार ३० गते वीरगञ्जमा बसेको केन्द्रीय समितिको बैठकमा पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएकी थिइन । तर दुई महिना न बित्दै उनी पुनः जसपामा फर्केकी छिन् ।

जसपा उनी किन फर्किन, के के विषयमा भयो डिल, अगामी दिनको राजनीतिक कसरी अगाडी बढ्छ लगायतका विषयमा जसपाका कार्यकारिणी सदस्य रेणु यादवसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश :

तपाईले जसपाबाट राजीनामा दिनु भएको थियो । ठ्याक्कै दुई महिनापछि पार्टीमा फर्किनुभयो, किन छाड्नु भएको थियो र फेरि किन फर्किनु भयो ?

– मैले दिएको राजीनामा बारे धेरै जनालाई एउटा मिस कम्यूनिकेशन के भयो भने म पार्टीबाट नै राजीनामा दिएको हुँ रे । तर त्यस्तो होइन, म पार्टीबाट राजीनामा दिएको होइन, पार्टीमा रहेको म आफ्नो सबै पदबाट मात्र राजीनामा दिएको हुँ । पार्टीको साधारण सदस्यमा छँदै थिए । पार्टी सिस्टममा चल्नुपर्छ ।

पार्टीमा सिस्टममा नचलेको कारण एकखालको पीडा हुँदो रहेछ र त्यही पीडाका कारण मैले जसपाका सबै पदबाट राजीनामा दिएको थिएँ । तर धेरै मान्छेलाई के लाग्यो भने रेणु यादवले जसपाबाट राजीनामा दिनुभयो, उहाँ अब जसपामा रहनु भएन । आफ्ना पदबाट राजीनामा दिएर म चुप लागेर बसेँ । आफ्नो घरायसी कामहरुमा लागेँ । म २०४७ सालदेखि नै नेपालको सक्रिय राजनीतिमा थिएँ । १५ वर्ष त म फोरम नेपाल हुँदै जसपासम्ममा समय बिताएँ ।

म एउटा मधेशको महिला भएर पाँच–पाँच पटक चुनाव लडेको हुँ । त्यसमा कतिपटक हारे कतिपटक जिते त्यो बेग्लै कुरा हो । पार्टीमा योगदान दिएँ । सडक, सदन विभिन्न ठाउँमा संघर्ष गरेको महिला हुँ म । पार्टीको पदबाट राजीनामा दिएर बसेको बेला पार्टीकै कतिपय साथीहरुले यो चुनावको मुखमा तपाई जस्तो नेतृ यसरी चुप लगाएर बस्नु हुँदैन । साथीहरुले पार्टीमा फर्किन एक खालको दवाव नै दिनुभयो ।

मैले दिएको राजीनामा पार्टीको समितिबाट स्विकृत भएको थियो । तर पछि जसपाका अध्यक्ष उपेन्द्र यादवजीलाई पनि पार्टीमा मेरो आवश्यकता महसुस भयो कि के थाह छैन । उहाँले कार्यकारिणी समितिमा राखेको भनि पत्र पठाउनु भयो र पार्टीमा फर्किन आग्रह गर्नुभयो । त्यसपछि मैले आफ्ना आफन्त र साथीभाइसँग सल्लाह गरेँ । उहाँहरुले पनि चुनावको मुखमा यसरी गर्नुहुँदैन । पार्टीमै फर्किदा बेस हुने सल्लाह दिनु भयो । र, म पुनः पार्टीमा सक्रिय भएको हुँ ।

तपाईलाई मन्त्री पदबाट हटाएपछि जसपाबाट राजीनामा दिनुभएको थियो । के अब पार्टीमा फर्किँदा तपाईको मन्त्री पद पनि फर्किने भयो कि के हो ?

– राजनीतिमा सबै कुरा पद र पैसा होइन । जो साथीले राजनीतिमा पद र पैसा मात्र देख्नु भएको छ, त्यसले यस्तो आरोप लगाउने गर्नु भएको छ । मधेशको महिला भएर पाँच–पाँच चोटी चुनाव लडेर आएको व्यक्ति हुँ म । अघिल्लो पटक गठबन्धनका कारण सीट नपाएको कारण म समानुपातिकबाट प्रतिनिधिसभामा आएको थिएँ । तर पाँच–पाँच पटक चुनाव लडेको व्यक्ति मै हुँ । धेरै महिलाले यसरी आँट गर्न सक्दैनन् होला जस्तो मलाई लाग्छ ।

मेरो लागि मन्त्री ठूलो कुरा होइन । म पहिला पनि मन्त्री र सांसद भएको थिएँ । पछि फेरि अवसर पाएँ । त्यसका लागि पार्टीलाई धन्यवाद पनि छ । म नौ महिना भौतिक मन्त्रालयमा बसेँ । मेरो पालामा धेरै ऐतिहासिक कामहरु भए । यसअघि शिक्षा मन्त्री हुँदा पनि मैले ऐतिहासिक कामहरु गरेका थिए । मेरै पालामा शिक्षामा आरक्षण प्रणाली लागुको भएको थियो । अहिले विद्यार्थीहरु आरक्षण कोटामा पढ्न पाएका छन् । त्यसमा मलाई गर्व लाग्छ । तराई मधेशमा सडकको अवस्था जर्जर थियो । तर म आएपछि टु लाइन, थ्री लाइन, फोर लाइनका सडकहरू बन्न थालेका छन् ।

कामहरु द्रुतगतिमा अगाडी बढेका छन् । भारतले रेल दिएपनि नेपालको तर्फबाट सञ्चालनमा आइरहेको थिएन म मन्त्री भएपछि त्यो रेल चलाउन पनि सफल भएँ । फास्ट ट्रयाकका कामहरु पनि अगाडी बढेको छ। हुलाकी सडक निर्माणको काम पनि थुप्रै ठाउँमा अगाडी बढे । अर्थात यस्ता थुप्रै महत्वपूर्ण कामहरु म मन्त्री भएको बेला गरेँ । तैपनि पार्टीले मन्त्रीबाट हटायो । हटाउनु कुनै ठूलो कुरा होइन । कोही पनि सधैका लागि मन्त्री बन्दैनन् । तर हटाउनु भन्दा पहिले एकपटक सल्लाह हुनुपथ्र्यो । अग्रिम जानकारी दिनुपथ्र्यो । त्यो काममा पार्टी त्यतिबेला चुकेको थियो ।

अर्को कुरा यदि मन्त्रीबाट पार्टीले हटायो भने चारै जनालाई हटाउनु पथ्र्यो । तीन जनालाई हटायो, एकजनालाई किन राख्यो त । चारजना मन्त्रीमध्ये तीनजना कामै नलाग्ने अनि एकजना मन्त्री सुपर कसरी भएँ । यदि पार्टीले मन्त्री हटाउने कुरा गरेको छ भने चारै जनालाई हटाउनु पथ्र्यो । त्यो ठाउँमा अर्को चार जना मन्त्री आउन सक्थे । अर्को कुरा, मलाई हटाए पछि त्यहाँ एकजना महिला पठाउनु पथ्र्यो त्यो पनि गरेन । त्यसले मलाई दुखी बनाएको थियो । म अहिले पनि भन्छु मेरो लागि मन्त्री पद ठूलो होइन । म पहिला पनि मन्त्री भइसकेको हुँ । तर पार्टी सिस्टममा चल्नुपर्छ त्यसमा मात्र मेरो आपत्ति थियो र छ पनि । ​

तपाईको जे असन्तुष्टि थियो त्यो सम्बोधन भयो त अब ?

– मैले मन्त्रीमा फिर्ता बोलाउन भनेको थिएन र त्यो चाहना पनि थिएन । अरुलाई हटाएर एकजना महिलालाई पठाउन पनि भन्न मिलेन किनभने अब यो मन्त्रीपरिषद् दुई महिनाका लागि मात्र हो । पार्टी सिस्टममा नचलेकोमा मेरो असन्तुष्टि हो । पार्टीले त्यसको रियलायज गरे होला अनि मलाई फिर्ता बोलाउने प्रयास गर्यो । पत्र नै पठाएर मलाई फिर्ता बोलाएको छ पार्टीले । म फर्केँ । यो चुनावको मुखमा म एकजना व्यक्तिको कारण पार्टीलाई कुनै क्षति नहोस् भनि मेरो मन आयो । र, साथीहरुको सल्लाहमा म फर्केको हुँ ।

जसपाबाट राजीनामा दिइसकेपछि तपाई एमालेलगायत अन्य पार्टीमा जानका लागि कसरतमा हुनुहुन्थ्यो भन्ने चर्चा थियो । के यो सही हो ?

– म कुनै पार्टीमा जानका लागि कसरतमा थिइनन् । त्यो कुरा एकदमै गलत हो । म पार्टीको पदहरुबाट राजीनामा दिएर घरमा निश्कृय भएर बसिरहँदा विभिन्न दलका नेताहरु मेरो सम्पर्कमा आउनु भयो, त्यो स्वभाविक हो । ती दलका नेताहरुको चाहना थियो कि म उहाँहरुको पार्टीमा गइदिउँ ।

उहाँहरुले पार्टीमा आउनका लागि प्रस्ताव पनि गर्नुभयो तर मैले पार्टीमा त के, कसैलाई कुनै आश्वासन पनि दिइनँ । मान्छे एउटा पार्टीबाट असन्तुष्ट भएर बसेपछि अर्को पार्टीले तान्ने कोशिस गर्नु अहिले मामुली भइसकेको छ । तर कुनै पार्टीले कसैसँग कुरा गर्दैमा त्यो पार्टीमा गइसक्यो भन्नु गलत हो । म कुनै नेताको घरमा वा पार्टी कार्यालयमा गएको छैन । कुनै नेतासँग भेटेको पनि छैन । कुनै कुनै नेता मेरै घरसम्म आए तर उहाँहरुलाई मैले चिया खुवाएर फर्काएको छु ।

जसपाभित्र तपाईमाथि एउटा के आरोप छ भने रेणु यादवले उपेन्द्र यादवलाई पार्टी फोड दिन्छु भनि पटक पटक थर्काएर, धम्काएर पार्टीमा विभिन्न फाइदा लिइरहनुभएको छ । के यो सत्य नै हो त ?

– विल्कुल होइन, उपेन्द्र यादव मेरो आदरणीय व्यक्तित्व हुनुहुन्छ । उहाँलाई मैले कहिले थर्काएको, धम्काएको कुनै प्रमाण छ भने भन्नुस् । थर्काएर वा बार्गेनिङ गरेर कुनै फाइदा लिएको छु भने भन्नुस् । मलाई न रुचाउने कतिपय नेताहरुले यस्ता आरोपहरू लगाउने गरेका छन् । उपेन्द्र यादवसँग मेरो कुनै प्रतिस्पर्धा छैन । म पार्टीको अध्यक्ष बन्छु भन्ने मेरो सोचाई पनि छैन । अनि किन धम्काउनु किन थर्काउनु, त्यो बेकारको कुरा हो । हो, एउटा कुरा सही के हो भने मेरो प्रष्ट बोल्ने स्वभाव छ । पार्टीमा कुनै गलत काम भइरहेको हुन्छ भने म बोल्ने गरेको छु ।

म भित्र पचाएर, एक अर्कालाई धोका दिएर बोल्ने व्यक्ति होइन, मलाई जे सही लाग्छ त्यो कुरा म पार्टीमा राख्ने गरेको छु । सायद त्यही कुराले मलाई बेलाबेलामा विवादमा ल्याई दिने गरेको छ । अहिले पनि त्यही भएको छ । पार्टी सिस्टममा चलेन भनि पार्टीमा कुरा उठाएर पदबाट राजीनामा दिएको थिएँ । पार्टीका अध्यक्ष पनि सिस्टम विपरीत गइरहनु भएको छ त्यसको विरुद्धमा पनि बोल्नु पर्छ । र, म बोलिरहेको छु । हुनसक्छ म पार्टीमा कुरा राखि रहँदा त्यो नमिठो भएर कतिपयलाई सह्य हुँदैन ।

पार्टीमा हुने हरेक कुरामा ताली पिटेर बस्ने राजनीतिकर्मी म होइन । मेरो संस्कार र स्कुलिङले पनि त्यो भन्दैन । गलत गर्नुहुँदैन, गलत सहनु पनि हुँदैन, मलाई मेरो संस्कारले सिकाएको कुरा हो । म जुन दिन तत्कालीन मधेशी जनअधिकार फोरममा लागेको थिएँ । त्यो दिन म सांसद थिए ।

सांसद पद छाडेर म उपेन्द्र यादवको विचारबाट प्रभावित भएर फोरममा लागेको थिएँ । एउटा सांसद पदका लागि मान्छेले के के गर्छन् सबैलाई थाहा छ । तर मैले त्यतिबेला सांसद​ पदलाई त्यागेर उपेन्द्र यादवलाई साथ दिएको थिएँ । उपेन्द्र यादवको विचारलाई अहिले पनि कदर गर्छु । तर उहाँबाट पनि कहिले कही मिस्टेक हुन्छ, गल्ती हुन्छ । त्यो गल्तीको बारेमा बोल्नु भनेको थर्काउनु वा धम्काउनु होइन ।

तपाई जसपामा फर्किनु भएको छ । अब त तपाईको आगामी सांसद पद सुरक्षित भएको होला नि त ?

– होइन, म सांसद पद सुरक्षित गर्नका लागि पार्टीमा फर्किएको होइन । यो प्रष्ट पार्न चाहन्छु । म मन्त्री हुँदा नै पार्टीको औपचारिक, अनौपचारिक बैठकहरू हुँदा म सांसदको दौडमा छैन भनि प्रष्ट पारेको थिए । मैले यसपाली पनि मन्त्री मागेको थिइनँ । सपथ ग्रहणको दिन अध्यक्ष उपेन्द्र यादवले मलाई सपथ ग्रहणका लागि जानुस् भन्नुभयो ।

त्यसअघि त्यसको बारेमा मलाई कुनै जानकारी दिइएको थिएन । मैले पनि मन्त्रीको लागि प्रयास गरेको थिइनँ । पार्टीकै कुनै नेता वा कार्यकर्ताले रेणु यादव पनि मन्त्री बन्नुपर्छ भनि भनेको होला त्यो बेग्लै कुरा हो । तर, मैले आफै मन्त्री पद मागेको थिइनँ । तर अध्यक्षज्युले मलाई दिनुभयो त्यसका लागि मैले अभार पनि व्यक्त गरेको छु ।

त्यस्तै सांसदका लागि पनि उपेन्द्रजीलाई भनेको छु, ‘चुनाव लड्ने क्षेत्र छैन, गठबन्धन हुँदा कहिले के, कहिले के भइरहेका हुन्छन् । मलाई नै समानुपातिकमा दिइरहनु पर्दैन अरुलाई पनि अवसर दिनुपर्छ ।’ तर पार्टीमा मलाई भूमिका दिनुपर्छ भनि भनेको छु ।

पार्टीमा मलाई काम गर्ने अवसर दिनुपर्छ भनेको छु । तर सांसदका लागि कहिले कुनै कुरा गरेको छैन । यद्यपि मैले त्याग गरेको ठाउँमा अरु कसैलाई अवसर दिँदा पार्टीमा उसको योगदान के छ, पार्टीप्रति कति इमान्दार छन् यी सबै कुरा हेरेर मात्र दिनुपर्छ । कसैको मुख हेरेर वा भागबण्डा हेरेर दिनु हुँदैन । त्यसमा फेरि मेरो आपत्ति हुनेछ ।

त्यसो भए यसपटक तपाई चुनाव पनि लड्नु हुन्न, समानुपातिकमा पनि जानु हुन्न ?

– गठबन्धनका कारण चुनावमा सीट नै हुँदैन जस्तो लाग्छ । सप्तरी–२ बाट उपेन्द्र यादव पुनः चुनाव लड्ने तयारी गरिरहनु भएको छ । समानुपातिक सांसद हुने चाहना मलाई छैन । समानुपातिक सांसद र प्रत्यक्षबाट जितेर आएको सांसदमा धेरैको फरक हुन्छ ।

सेवा सुविधा एउटै भएपनि जनतासँग प्रत्यक्ष जोडिने अवसर पाउँदैन । मनमा एक प्रकारको कताकता हीनताबोध भइरहेका हुन्छ । जितेर आएपछिको मज्जा बेग्लै हुन्छ, समानुपातिक पाउनु भनेको टिका लगाएको जस्तो फिल हुन्छ । त्यसैले समानुपातिकमा आउने मेरो चाहना पटकै छैन । तर पार्टीले चुनाव लड्न भन्यो भने त्यसमा विचार गर्छु । तर त्यसका लागि पनि मरिहत्ते गर्ने पक्षमा म छैन । मलाई केही समय पार्टीमा काम गर्ने इच्छा छ ।

यस पटकको चुनावमा जसपाको पोजिसन कस्तो हुन्छ, कस्तो तयारी भइरहेको छ ?

– जसपाको अवस्था राम्रै छ । पहिलाभन्दा झन सुधार भएको छ । तर स्थानीय चुनावका कारण ग्रासरुटमा नेताहरुको बीचमा केही मनमुटाव भएको कारणले अन्तर्घात हुनसक्छ कि भनि एउटा डर छ । नभए सांगठनिक हिसाबले धेरै नै राम्रो छ । विगतको चुनावमा जसपा–लोसपा गठबन्धनले गर्दा पोजेटिभ म्यासेज दिएको थियो । यसपटक यी दुई दलबीच गठबन्धन नहुँदा केही खल्लो महसुस भइरहेको छ । अहिले पनि केही बिग्रेको छैन । यी दुई दलको गठबन्धन भयो भने अझै बेटर हुन्छ ।

तपाई पार्टीको नेतृत्व भूमिकामा रहेर काम गर्नुभयो, अन्त्यमा भन्दिनस् न यसपटकको चुनावमा जसपा कति सीट जित्छ ?

– पहिलो कुरा त गठबन्धनमा सिटको बाँडफाँड हुन बाँकी नै छ । कुन दलले कति सीट पाउँछ त्यसको आधारमा मात्र भन्न सकिन्छ कि जसपा कति सिटमा जित्छ । गठबन्धनबाट पाउने अधिकांश सीट जसपाले जित्छ । सय प्रतिशत जित्छ भनि भन्न सकिँदैन । झुठा बोल्नु हुँदैन । तर गठबन्धनबाट पाउने अधिकांश सीट जसपाले जित्छ ।

  • रातोपाटी

सम्बन्धित समाचार

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन

एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन

नेपालगन्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ

नेपालगन्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ

सर्लाही घटनालाई लिएर गृहमन्त्रीलाई सांसदहरूको ध्यानाकर्षण

सर्लाही घटनालाई लिएर गृहमन्त्रीलाई सांसदहरूको ध्यानाकर्षण

बालेनले सामाजिक सञ्जालबाट हटाए ‘सिंहदरबार जलाइदिने’ स्टाटस

बालेनले सामाजिक सञ्जालबाट हटाए ‘सिंहदरबार जलाइदिने’ स्टाटस

उपेन्द्र यादव जनकपुरमा, प्रदेश २ सरकारमा कांग्रेस र माओवादीलाई ल्याउने तयारी

भारतमा ९ दिनदेखि के गर्दैछन् उपेन्द्र यादव ?

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध