उपराष्ट्रपति निर्वाचनः प्रमिलाले उम्मेदवारी फिर्ता लिने, रामसहायलाई प्रधानमन्त्रीले सहयोग गर्ने


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की सांसद प्रमिला यादवले उपराष्ट्रपति पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी छन् । र, पार्टीकै नेता रामसहाय यादवलाई समर्थन गरेकी हुन् ।

जसपा नेताहरुका अनुसार अब भोलि मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने छ र रामसहाय यादव नै आधिकारिक उम्मेदवार भएको निर्णय गर्नेछ ।

यता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहाय यादवलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ । सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा अगाडि सारिएको यादवलाई सहयोग गर्ने प्रचण्डले प्रतिबद्धता गरेका हुन् ।

सोमबार उम्मेदवार यादव प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदबार पुगेका थिए । प्रधानमन्त्रीले संघीयता र गणतन्त्रको रक्षा निमित आफु र आफ्नो दलले सबै सहयोग गर्ने प्रतिबद्धता जनाएको सांसद प्रदीप यादवले बताए ।

तर, सत्ता गठबन्धनमै सामेल रहेको जनमत पार्टीबाट ममता झाले पनि उम्मेदवारी दिएकी छन् । उनलाई लोसपा र नागरिक उन्मुक्तिको साथ छ ।

प्रकाशित : २०७९ फाल्गुन २९, सोमबार १६:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ