Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

उपराष्ट्रपति उम्मेदवार यादवको दौडधुप सुरू

टुडे खोज लेखक टुडे खोज
फाल्गुन ३०, २०७९, ९:२६ AM
0
रामसहायको उम्मेदवारी खारेज गर्न एमालेको उजुरी

काठमाडौं । आफ्नो उम्मेदवारी कायम भएसँगै उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवको दौडधुप सुरू भएको छ ।

आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि सत्ता गठबन्धनका उम्मेदवार जसपा सांसद यादवले सोमबार विभिन्न पार्टीका प्रमुख नेतालाई भेटेका छन् । उपराष्ट्रपति महिला हुनुपर्ने भन्दै यादवको उम्मेदवारी खारेजीको माग राख्दै निर्वाचन आयोगमा उजुरी समेत परेको थियो ।

तर आयोगले यादवको उम्मेदवारी कायम रहने निर्णय गरेको छ । सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपति पाएको जसपाले दुई जना उम्मेदवार बनाएको थियो ।

जसपा संसदीय दलका नेतासमेत रहेका यादवको उम्मेदवारी खारेज भएमा राष्ट्रिय सभा सांसद प्रमिला यादवलाई अघि सार्ने गरी उम्मेदवार बनाएको थियो । जसपा सांसद प्रमिला यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।

आयोगको सूचीमा उनको उम्मेदवारी रहे पनि राजनीतिक रूपमा भने फिर्ता लिएकी हुन् । उपराष्ट्रपतिका उम्मेदवार यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेका छन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले यादवलाई जितको लागि शुभकामना भनेका थिए । जसपाका सांसदले उपराष्ट्रपतिमा मत दिन आग्रह गरेका थिए । तर लिङ्देनले मत दिने या बहिष्कार गर्ने भनेर पार्टीले निर्णय गर्न बाँकी रहेको बताएका थिए । राष्ट्रपतिको निर्वाचनमा राप्रपाले बहिष्कार गरेको थियो ।

यसअघि उपराष्ट्रपतिका उम्मेदवार यादवसहित जसपाका सांसदहरूले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई छुट्टाछुट्टै भेटेका थिए ।

प्रचण्ड र नेपाल दुवैसँग सहयोगका लागि यादवले आग्रह गरेका थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले यादवलाई आफूहरूको साथ र सहयोग रहेको बताएको जसपाका नेता एवम् सांसद प्रदीप यादवले बताए ।

सम्बन्धित समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

मञ्जु खाण मोबाइल अफ गरेर गायब, हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्

मञ्जु खाण मोबाइल अफ गरेर गायब, हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्

ताजा समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध