Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

टुडे खोज लेखक टुडे खोज
चैत्र १०, २०७९, ८:५९ AM
0
भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

जयनाथ यादव, सिरहा । भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवको लापरबाहीका कारण भगवानपुरका जनता समस्या झेल्न बाध्य बनेका छन् । उनी निर्वाचित भएपछि जनताले अब गाउँपालिकाको सेवामा सुधार हुने आश गरेका थिए, तर उनको कामबाट जनता निरास बनेका छन् ।

अहिले गाउँपालिकाका कुनै स्वास्थ्य चौकीमा औषधी छैन । समयमा खरिद प्रक्रिया अगाडी नबढाउदा औषधी अभाव भएको हो । औषधी नै नपाएपछि विरामीहरु स्वास्थ्य चौकी र अस्पताल जानै छाडेका छन् ।

गाउँपालिकाले ५ महिना अघि नै औषधी उपलब्ध गराएको थियो । अहिले स्वास्थ्य चौकीमा कुनै किसिमको औषधी छैन । सिटामोल पनि छैन गाउँपालिकासँग पटक पटक माग गर्दा कुनै चासो देखाएको छैन । अब त माग फारम फर्न पनि छोडिसक्यौं– स्वास्थ्य चौकी नरहा रिगोल, गम्हरीयाका ईन्चार्ज भोगिलाल यादवले गुनासो गरे ।

यस्तै वडा नम्बर ३ आभेनगरमा रहेको स्वास्थ्य चौकीका ईन्चार्ज धर्मनाथ यादवले उपचारका लागि आउने विरामीलाई औषधी नदिएपछि गाली सुन्नुपरेको बताउँछन् । उनले भने, ‘औषधी नै छैन । कहाँबाट दिने ? नदिएपछि गाली गाली खानु परिरहेको छ ।’

उनका अनुसार चालु आर्थिक बर्षमा औषधीको अवस्था नाजूक नै रहयो । माग अनुसार दिदैन् । यहाँ लगभग महिनामा ८० जना बालबालिका बिरामी आउँछन् । उनीहरुका लागी सिटामोल १०० माग गर्दा १० वटा पठाउँछ । भदौमा हामीले औषधी माग गर्यो । भदौंपछी थोरै थोरै गरी ३ पटक उपलब्ध गराएको थियो ।

वडा नम्वर ३ का वडाध्यक्ष विनोद यादवले औषधी अभाव रहेको स्वीकारे । उनले भने, ‘मेलै अस्ती नै स्वास्थ्य शाखाका सह–संयोजकलाई औषधी उपलब्ध गराउन भनेको थिए । उहाँ भनुभयो– माथि कुरा राखैको छु । बोर्डको बैठक बसेपछि केही हुन्छ । तत्काल हामीसँग औषधी छैन ।

औषधी अभावका कारण स्वास्थ्य चौकीहरु कार्यालयको समय अगाडी नै बन्द हुने गरेको छ । करिब २/३ बजे नै चौकी इन्चार्जहरु घर पुग्छन् । यो गुनासोपछि बिहीवार टुडेखोजको टिम आधारभुत स्वास्थ्य चौकी ठाडी पुग्दा दिउँसो ३ बजे बन्द भइसकेको थियो । त्यहाँको इन्चार्ज रामेश्वर प्रसाद यादव छन् । उनीसंग सम्पर्क गर्दा हुन सकेन ।

स्वास्थ्य चौकी इनर्वाका इन्चार्ज धर्मदेव यादवले एन्डिवाईटिक र मेट्रोन नभएर स्वास्थ्य चौकी चलाउन धौ धौ परेको सुनाए । उनले भने, ‘हामीले ३५ प्रकारका औषधी निःशुल्क उपलब्ध गराउनुपर्छ । तर २ महिनादेखी विभिन्न किसिमको औषधी छैन । स्वास्थ्य शाखाले आज भोली मात्र भनिरहेको छ ।’

स्वास्थ्य शाखा सह–संयोजक विजय यादवले असारमा खरिद भएको औषधी अहिलेसम्म चलिरहेको सुनाए । उनका अनुसार असारपछि औषधी खरिद भएको छैन । सिटामोलको समय अभाव भएको उनले पनि स्वीकारे । तर गाउँपालिका अध्यक्ष यादवलाई औषधी खरिद गर्न अझै चासो देखाएका छैन ।

सम्बन्धित समाचार

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

मञ्जु खाण मोबाइल अफ गरेर गायब, हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्

मञ्जु खाण मोबाइल अफ गरेर गायब, हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्

भ्रष्टाचार विरोधमा बोल्ने साँसद अमरेशविरुद्ध नै कांग्रेस नेताद्वारा अख्तियारमा उजुरी

भ्रष्टाचार विरोधमा बोल्ने साँसद अमरेशविरुद्ध नै कांग्रेस नेताद्वारा अख्तियारमा उजुरी

मिटरब्याज आन्दोलनका अगुवा गुप्ता पीडितहरूबाटै कुटिए !

मिटरब्याज आन्दोलनका अगुवा गुप्ता पीडितहरूबाटै कुटिए !

मधेशका किसानसंग कृषिमन्त्रीको अपिल- ८० प्रतिशत अनुदानमा कृषि विमा गराऔं

मधेशका किसानसंग कृषिमन्त्रीको अपिल- ८० प्रतिशत अनुदानमा कृषि विमा गराऔं

मधेस र लुम्बिनीका मुख्यमन्त्रीलाई गृहमन्त्रीको फोन, नाकामा कडाई गर्न निर्देशन

विशेष खुलासा : नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री खाँण तानिए

ताजा समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध