Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

टुडे खोज लेखक टुडे खोज
चैत्र १५, २०७९, २:३३ PM
0
जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

काठमाडौं । सिरहाको अर्नामा गाउँपालिका १ कि रामवती सिंह १२ दिन पैदल हिँडेर न्याय माग्न बर्दिबासबाट काठमाडौं आउने मिटरब्याज पीडित टोलीकी सदस्य हुन् । मिटर ब्याजीले आफ्नो जमिन खाइदिएको भन्दै संघीय सरकारसँग न्याय माग्न आएकी उनलाई १२ चैतमा मातातीर्थमा पत्रकारहरुले भेटेर अन्तर्वार्ता लिए ।

१२ गते साँझ सिंहले दिएको एक भिडियो अन्तर्वार्तामा आफ्नो जग्गा हडप्ने मिटरब्याजी मधेश प्रदेशसभा सदस्य त्रिभुवन साह रहेको खुलाएकी थिइन् । १३ चैतको बिहानै उनीहरु बास बसेको मातातीर्थस्थित टहरोमा दुई जना नचिनेका मानिसहरु पुगे । ती मानिसहरुले सिंहलाई आन्दोलन छाडेर घर जान आग्रह गरे ।

‘१२ दिन हिँडेर आएँ, अब न्याय पाएपछि मात्र फर्किन्छु, म घर जान्न’ सिंहले ती मानिसहरुलाई भनेको सुन्ने उनका एक साथीले अनलाइनखबरसँग भने, ‘सिंह उनीहरुको कुरा नसुनी १३ औं दिन पनि पैदलयात्रामा सहभागी भएर खुलामञ्चतर्फ अघि बढिन् । तर कंलकी आउँदासम्म उनलाई ती व्यक्तिहरुले पछ्याउन छाडेनन्, घर फर्किन निकै कर गरे ।

संघर्ष समितिको संयोजन गरिरहेका अभियन्ता सन्तोष दाहालका अनुसार नातामा नाति पर्ने एक जना र सांसद साहका आफन्त बताउने मानिसले कुरा मिलेको भन्दै सिंहलाई घर फर्कन मरिहत्ते गरे ।

१३ गते साँझ खुल्लामञ्चमा महानगर प्रहरीसँग अन्य मिटरब्याज पीडितहरु संघर्ष गरिरहँदा दुई जना युवा भने सिंहलाई घर फर्काउन कर गरिरहेका संघर्ष समितिका संयोजक मनोज पासवानले बताए ।

त्यसको भोलिपल्ट मंगलबार बिहानै सिंहले आफू आन्दोलनमा सहभागी नहुने संघर्ष समितिलाई जानकारी गराइन् ।

संयोजक पासवानले सोधे– किन ?

‘मेरो काम सल्टियो, जग्गा फिर्ता हुने भयो म आजै घर जान्छु मलाई घरबाट बोलावट भएको छ’ सिंहले भनेको पासवानले सम्झिए ।

पासवानले फेरि प्रश्न गरे– कसरी ?

‘धेरै कुरा थाहा छैन मेरो समस्या सल्टियो, मेरो जग्गा फिर्ता आउने भयो’, रामवतीले जवाफ दिइन् । यसपछि सिंह घर जान्छु भन्दै आन्दोलनबाट छुट्टिइन् । मंगलबार बिहानैदेखि मिटरब्याज पीडितहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाने बाटो टंगालमा धर्नामा बसे, त्यसपछि भद्रकाली हुँदै माइतीघर र बानेश्वरमा उनीहरु न्याय माग्दै प्रर्दशनमा उत्रिए तर त्यहाँ १३ दिन सँगै हिंडेर आएकी सिंह थिइनन् ।

यसबारे संघर्ष समितिले बुझ्दै जाँदा खुल्यो बर्दिबासबाट हिंडेको १२ औं दिनमा उनले धेरै पत्रकारका सामुन्नेमा आफ्नो साहुबारे बोलेकी थिइन् । एक टेलिभिजनबाट प्रशारण भएको भिडियोमा सिंहले आफूलाई मिटरब्याजमा ऋण दिने व्यक्ति सिरहा–४ ९१० बाट मधेश प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य त्रिभुवन साह भएको खुलाएकी थिइन् ।

साहले ४ मंसिरको प्रदेशसभा सदस्य चुनावमा जनमत पार्टीबाट चुनाव जितेका थिए । टेलिभिजनमा आफ्नो नाम लिएर मिटरब्याजी भनेपछि सांसद साहले सिंहको आफन्त र आफ्नो मान्छे लगाएर सिंहलाई आन्दोलनबाट फिर्ता बोलाएको संघर्ष समितिको अरोप छ ।

वर्षौंसम्म नसल्टिएको समस्यामा सल्टाउन एक्कासी सांसद साह तयार हुनु शंकास्पद भएको संघर्ष समितिको व्यवस्थापन तथा संयोजन गरिरहेका सन्तोष दाहाल बताउँछन् । ‘सांसद साहले आफ्नो बदनाम लुकाउन यस्तो हर्कत गरेका हुन् उनको ९रामवती सिंह० सुरक्षाको जिम्मा कसले लिन्छ रु’ दाहालले प्रश्न गरे ।

अनलाइनखबरसँगको कुराकानीमा प्रदेशसभा सदस्य साहले आफू र रामवतीबीचको समस्या समाधान भएको बताए । ३ लाख रुपैयाँ तिर्न नसकेको भन्दै सांसद साहले रामवतीको जग्गा हडपेका थिए । उक्त जग्गा फिर्ता गराउन रामवतीले जिल्ला अदालत सिरहामा निवेदन दिएकी थिइन् । तर उक्त निवेदनमाथि कारबाही भएको थिएन । मंगलबार भने रामवतीले जग्गा फिर्ता पाएकी सांसद साहले बताए ।

‘मैलै दिदीसँग मागेर रामवतीलाई नातिनीको बिहेमा गर्जो टार्न तीन लाख रुपैयाँ दिएको थिएँ, तर यसको दुरुपयोग गरेर मेरो बेइज्जत गरियो’, सांसद साहले भने, ‘उहाँ र म बीचमा केही लेनदेन थियो तर यसलाई हिजै अदालत गएर माफी मिनाहा गरिदिएको छु, लोकतन्त्रमा कसैले कसैलाई झुक्याउन ढाँट्न सक्दैन नि ।’

– अनलाइन खबरबाट

सम्बन्धित समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

रवि लामिछानेविरुद्ध पुन: सर्वोच्च गए युवराज सफल

रवि लामिछानेविरुद्ध पुन: सर्वोच्च गए युवराज सफल

ताजा समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध